पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन टुङ्गिन्छ: मन्त्री पण्डित

पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन टुङ्गिन्छ: मन्त्री पण्डित

Lalbabu

पछिल्लो समय कर्मचारी समायोजनमा सरकार अल्झिएको, लालबाबुले केहि काम नै गरेन भनेर गुनासो आइरहेका छन् तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु मन्त्री पण्डित हल्लाखल्ला नगरी काम गरिरहेका छन् ।

कर्मचारी संगठनकै कारण काम गर्न अफ्ठेरो परेको उदाहरण प्रशस्तै छन् । पण्डितले मिडियामा समेत आजभोलि आफ्ना कुराहरु भन्न रुची राख्दैनन् । अहिले संविधान कार्यान्वयनको चरणमा संघीय मामिला र कर्मचारी सम्बन्धी महत्वपूर्ण काम उनकै छ । त्यसैले गुमनाम भएको जस्तो उनी आन्तरिक रुपमा काम गरिरहेका छन् ।

मन्त्री पण्डितले पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन गरिसक्ने बताएका छन् । संघीय निजामती ऐन निर्माण प्रक्रियामा अघि बढेको जानकारी दिँदै उनले कर्मचारी समायोजनको काम आगामी पुस मसान्तसम्म टुङ्िगने दावी गरे ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले अन्तरिम संगठन संरचनाबारेको जानकारी प्रदेश र स्थानीय तहमा पठाइसकेको भन्दै पण्डितले थप दरबन्दी सर्जना भएका ठाउँमा पनि कर्मचारी पठाउने काम चलिरहेको तर पूर्ण भइनसकेको बताए ।

मन्त्रालयका सह-सचिव रुद्रसिंह तामाङले मन्त्रालयलाई पुराना पदहरुको मिलानमा समस्या भएको बताए । ‘जमदार, सुवेदार, समाशास्त्रीजस्ता पद छ’, उनी भन्छन् ‘तिनलाई कहाँ पठाउने ? कुन तहमा लैजाने र के जिम्मेवारी दिने भन्ने नै समस्या छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ