लालबाबुलाई कतारबाट पनि नेपालीको ६० हजार सहयोग । जनताको आफ्नो नेता जिताउन राष्ट्रिय/अन्तर्राष्ट्रिय अभियान

लालबाबुलाई कतारबाट पनि नेपालीको ६० हजार सहयोग । जनताको आफ्नो नेता जिताउन राष्ट्रिय/अन्तर्राष्ट्रिय अभियान

Lalbabuuu

नेताहरुलाई गाली मात्र गरिन्छ । कुनै नेता नहोलान्, जसले सामाजिक सञ्जालमा गाली नपाएको तर लालबाबु पण्डित मात्र एक यस्ता नेता छन् मुलुकमा, उनले कहिल्यै गाली पाउँदैनन् । सबैको वाहवाही पाएकै छन् ।

सामान्य मन्त्रालयमा रहँदा गरेको लोकप्रिय कामले उनी यसरी बधाईका पात्र भएका हुन् । नेपालभित्रकाले माया त गरेकै छन्, नेपाल बाहिर कामको सिलसिलामा गएका नेपालीले पनि अत्यन्त माया गरेका छन् । त्यसैले त उनलाई जिताउन सहयोग संकलन नै गरी पठाएका छन् ।

लालबाबुले एक दिन भनेका थिए अरुसँग पैसा छन्, मसँग के छ र ? जनताको माया छ । जसले भोट हाल्ने अवसर पाउँछन्, उसले प्रदान गरेको भोट केहिसँग पनि दाँज्न मिल्दैन तर जसले मतदान गर्न पाउँदैनन् उसले आफ्नो ठाउँबाट सहयोग गरेका छन् ।

कतार जस्तो खाडी मुलुकमा काम गरेर पनि नेपाली दाजुभाइले ६० हजार रुपैंया सहयोग प्रदान गरेका छन् ।

यस्तै, अस्ट्रेलियाको सिडनीमा बस्ने तेह्रथुम सोल्माकी राधिका पोखरेलले पण्डितलाई चुनावी अभियान सञ्चालन गर्न पाँच लाख ११ हजार एक सय रुपैयाँ सहयोग दिएकी छन् ।

पण्डितले चुनाव जितेको हेर्ने इच्छा भएकाले उक्त रकम पठाएको पोखरेलले बताइन् । उनका दाजुद्वय नारायणप्रसाद र चन्द्रले उक्त रकमबराबरको चेक पण्डितलाई हस्तान्तरण गरे ।

उक्त रकम पण्डितले चुनाव परिचालन कमिटीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ