रगतदान गर्नुको फाईदा: स्वस्थ पनि भईने, अरुको ज्यान पनि बच्ने

रगतदान गर्नुको फाईदा: स्वस्थ पनि भईने, अरुको ज्यान पनि बच्ने

raktadaan pic

श्यामशितल परियार, लमजुङ । लमजुङको उदीपुरमा पहिलोचोटी खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल जनकल्याण माविको आयोजनामा विद्यालयको प्रांगणमै मंगलबार खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

सोमदेव दयादेव स्मृति प्रतिष्ठान उदीपुरको सह–आयोजना एवम् क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । रक्तसञ्चार कार्यक्रम सञ्चालनमा स्थानीय विभिन्न संघसंस्थाले पनि सहयोग गरेका थिए ।

विद्यालयका प्रअ सूर्यबहादुर अधिकारीका अनुसार रेडक्रस दिवसको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । ‘रक्तदान नै जीवनदान हो भन्ने पवित्र उद्धेश्य राखेर विद्यालयमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।

जुरेस जनकल्याण माविका शिक्षक नायक बद्री खनालका रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ३६ जनाले रक्तदान गरेका छन् । गाउँठाउँमा सञ्चालन भएको रक्तदान कार्यक्रममा रगतदान गर्न पाउँदा खुशी लागेको रक्तदाताहरुले बताएका छन् ।

रक्तदान गर्दा व्यक्ति आफु पनि स्वस्थ रहन सक्ने र अरुको ज्यान पनि बच्न सक्ने भएकाले रक्तदान गर्दा फाईदा हुने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवन ब्लड बैंककी प्राविधिक स्टाफ नर्स शिला तिवारीले बताए ।

‘रक्तदान गर्दा मानिसमा हुने रोगमा कमी आउन सक्छ । ३÷३ महिनामा रगत बन्ने हुन्छ । यो रगत पसिना, पिसाबबाटै खेर गएको हुन्छ । स्वस्थ्य व्यक्तिले रगत दान गर्दा राम्रो हुन्छ । रगतदान गर्दा आफु पनि स्वस्थ भईने, अरुको ज्यान पनि बच्ने । त्यसैले रगतदान गर्नुको फाईदा छ,’ उनले थपे ।

उनका अनुसार ३÷३ महिनामा रक्तदान गर्न सकिन्छ । नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापति दीपक बरालका अनुसार जिल्लामा रेडक्रसका २३ उपशाखा रहेका छन् । उनीहरुले रेडक्रस दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ