अन्तिम साउने सोमबार, केदारेश्वर मन्दिरको रौनक (फोटो फिचर)

अन्तिम साउने सोमबार, केदारेश्वर मन्दिरको रौनक (फोटो फिचर)

bolbam (5)

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरुले साउन महिनालाई चाडपर्वको सूरुवातीको महिनाको रुपमा लिने गर्दछन् । साउनमा महिलाहरुले भगवान शिवको पूजा-आराधना गर्दछन् ।

साउन महिनाको अर्को आकर्षण भनेको बोलबम पनि हो । शिवभक्तहरु पहेंलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन् । जसलाई बोलबम यात्रा भनिन्छ । बोलबम यात्रीहरुको क्रियाकलापहरुले यस्तो भन्न सकिन्छ, बद्लिदो समय क्रमअनुसार बोलमब पनि परिवर्तन हुँदैछ ।

बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ । पहिलो सोमबारबाट सुरु हुने बोलबम यात्रालाई तेस्रो सोमबारको दिन विशेष यात्राका रुपमा लिइन्छ । आज, साउन महिनाको चौथो तथा अन्तिम सोमबार । बोलबम यात्रीहरुले हर्षोल्लासका साथ पूजा आराधना गरेका छन् । बोलबम यात्रामा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्म सहभागी भएको देख्न सकिन्छ ।

पोखराको केदारेश्वर मन्दिर धाममा अन्तिम सोमबार देखिएको दृश्य फोटो पत्रकार सञ्जय शाक्यबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ