‘लौरी हरायो’, यसवर्षको तीज गीतमध्ये सर्वाधिक हिट हुनुको रहस्य यस्तो

‘लौरी हरायो’, यसवर्षको तीज गीतमध्ये सर्वाधिक हिट हुनुको रहस्य यस्तो

Lauri harayo

रञ्जन अधिकारी । हरितालिका तीज २०७५ केन्द्रित गरेर सार्वजनिक भएका गीतमध्ये सर्वाधिक हेरिएको गीतको पहिलो नम्बरमा रहेको छ ’लौरी हरायो’ ।

युट्युबमा सार्वजनिक भएको ठ्याक्कै २ महिनासम्म अरूलाई उछिन्न नदिएको यस गीत आज तीजको दिन भदौ २७ सम्म ३२ लाख पटक हेरिसकिएको छ । पशुपति शर्मा, देवी घर्ती, राजु ढकाल, सुस्मिता घर्ती आफै गाएको, आफै अभिनय गरेको भएर पनि सर्वाधिक रूचिमा परेको हो । पशुपतिले २ घण्टा सिरकमुनी बसेर बनाएको गीत भन्दै ३० लाख भ्युज पुगेको अवसरमा पोष्ट नै गरे । तीजको २ दिनमै लाखौं दर्शकले लौरी हराए हेरेका छन् ।

उसो त, पशुपति र देवीको नाम जोडिएका अधिकांश तीज गीत यसरी नै सर्वाधिक रूचिमा पर्दै आएका हुन् । ’हेर्न ओई बाटुली’, ’बिहे नगर भाइ हो’, ’भुरूरू पुतली उड्यो’ गीतहरूले बजारमा धमाका गरे । चर्चित गायक पशुपति शर्मालाई श्रोता, दर्शकले तीजे गायकको पगरी भिराईसकेको उहिल्यै हो । तर, उनलाई तीजे गायक मात्र भन्दा चित्त बुझ्दैन । सार्वजनिक रूपमै भन्छन् – ‘म सबैभन्दा कम तीज गीत गाउँछु होला ।’

उनले फेसबुकमै लेखे – ‘हाेईन म तीजे गायक कसरी भएँ ? दंग पर्छु । २०६४ सालदेखि २०७५ सालसम्म जम्मा ४७ वटा तीज गीत गाएछु १२ वर्षमा’ हुनपनि पशुपतिले यस वर्ष अहिलेसम्म ५ वटा मात्र तीज गीत गाएका छन् ।

याे वर्ष ८ वटा तीज गीत गाइसकेका राजुले ९ वटा म्युजिक भिडियाे नै खेले । गायकका रूपमा चिनिएका राजुलाई कम्मर भाँच्न भ्याई नभ्याई भयाे । अर्काे वर्ष व्यस्तता झनै बढ्ने छनक देखिइसकेकाे छ ।

सदावहार चर्चित गायिका देवी घर्तीले यस वर्ष मात्र झण्डै दुई दर्जन तीज गीतमा स्वर दिईन् । गीत गाउन थालेदेखि अरू गायिका जस्ताे कहिलै अाेझेल नपरी एकनासले निरन्तर अाफ्नाे गायन यात्रा अघि बढाउन सफल गायिका देवीले ८ हजार बढी गीतमा स्वर भरिसकेकी छिन् ।

नवगायिका सुस्मिता घर्तीले दर्जन बढी गीत गाईसकिन् । दिदीकाे बिँडाे थाम्न सक्ने लक्षण यसै ‘लाैरी हरायाे’ गीतबाटै पुष्टि हुन्छ । देवीकै गायनकाे छनक सुस्मितामा मिल्छ ।

यस वर्षकाे सयाैं तीज गीत मध्ये २ महिनासम्म पहिलाे नम्बर क्याप्चर गरेकाे गीत हाे ‘लाैरी हरायाे’ ।

जसकाे लय र शब्द गायक शर्माकै हाे । दुर्गा पाैडेलले भिडियाेकाे निर्देशन मात्र हैन, उनी अाफैले खिचेका हुन् । गीतकाे एरेञ्ज कृष्ण बिकले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरे । यसकाे काेरियाेग्राफर विजय बुढा मगर हुन् । एकता फिल्मस् प्रालिकाे उत्पादन रहेकाे भिडियाे ‘देवी घर्ती राजु ढकाल’ अाफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।

अद्यावधिक गरिएको भदौ २७, २०७५

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ