तनहुँको मादीपुलमा प्रेसर कुकर बम फेला, सेनाद्वारा निष्क्रिय

तनहुँको मादीपुलमा प्रेसर कुकर बम फेला, सेनाद्वारा निष्क्रिय

1 bomb

किरण श्रेष्ठ, तनहुँ । पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

प्रेसर कुकर भित्र डोटोनेटर र तार भेटिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेका बेलामा विष्फोट भएका कारण घटनामा सोही पार्टीको हात रहेको आशंका तनहुँ प्रहरीले गरेको छ ।

बम निष्क्रिय पारेपछि अहिले पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले ठाउँ ठाउमा स्कर्टिङ गरेर यातायात सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

माग अनुसार प्रहरीले स्कर्टिङ गरेको र बसहरु लाइ एकैसाथ गन्तव्य पुर्याउन सहयोग पुर्याइएको डीएसपी मल्लले बताए । तनहुँमा पर्यटक बस र मोटरसाइकलहरु सडकमा चलिरहेकोछ भने अन्य सवारी उल्लेख्य मात्रामा चल्न सकेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ