नेपाल मगर युवा संघको महाधिवेशन : अध्यक्षमा जयबहादुर निर्वाचित हुदा केन्द्रिय सदस्यमा तनहुँकि चेली सोनाम आले मगर

नेपाल मगर युवा संघको महाधिवेशन : अध्यक्षमा जयबहादुर निर्वाचित हुदा केन्द्रिय सदस्यमा तनहुँकि चेली सोनाम आले मगर

Magar yuwa sangh 3rd mahadebesan

तनहुँ । नेपाल मगर संघ केन्द्रीय समितिको भातृसंगठन नेपाल मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशन आइतबार हेटौडामा सम्पन्न भएको छ । महाधिवेशनबाट जयबहादुर बुढा मगरको अध्यक्षतामा ४५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष रेनबहादुर पुन मगर, महिला उपाध्यक्ष छबिना लुङ्गेली मगर, भाषिक उपाध्यक्षहरुमा बाह् मगरात उपाध्यक्ष शेरबहादुर आले मगर, अठार मगरात उपाध्यक्ष गोपिबहादुर पुन मगर, काइके भाषिक उपाध्यक्ष दिपक रोका मगर, महासचिव इमानसिंह राना मगर, सचिब दिपक पुन मगर, सचिब खड्कबहादुर थापा मगर, कोषाध्यक्ष भुपेन्द्र बुढा मगर, प्रदेश नं.१ का संयोजक झलकबहादुर आले मगर, प्रदेश नं. २ का संयोजक (खाली) प्रदेश नं. ३ का संयोजक सरोज पुलामी मगर, प्रदेश नं. ४ का संयोजक देबबहादुर गाहा मगर, प्रदेश नं. ५ का संयोजक महेशबहादुर पुन मगर, प्रदेश नं. ६ का संयोजक मनबहादुर सिंजाली मगर, प्रदेश नं. ७ का संयोजक पुष्पा बुढा मगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अमर बहादुर मगर, ईश्वरी रोका मगर, जयबहादुर पुन मगर, कल्पना घर्ती मगर, खिम बहादुर राना, निर्मला सारु मगर, सुर्य बहादुर काला मगर, कमन सिं घर्ती मगर, ललित राना मगर, नाम्सु सुनारी मगर, सोनाम आले मगर, प्रदीप राना मगर, उपेन्द्र राना मगर, लोक बहादुर राना मगर, रिता आले मगर, कृष्ण गोबिन्द मगर, स्मृति मगर लगायत रहेका छन् ।

नेपाल मगर युवा संघ तनहुँका अध्यक्ष बादल आले मगरले तेस्रो राष्ट्रिय महाधिवेशन २०७५ हेटौंडामा सम्पन्न भएको कार्यक्रमबाट केन्द्रिय समितिको सदस्यमा निर्वबिरोध रुपमा निर्वाचित भएकी तनहुँकि चेली सोनाम आले मगर लाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नवीन रोका मगरले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ