नेपाली माउण्टेन बाइकर महर्जनको श्रीलंकामा खेलकै क्रममा मृत्यु (भिडियो)

नेपाली माउण्टेन बाइकर महर्जनको श्रीलंकामा खेलकै क्रममा मृत्यु (भिडियो)

maharjan

तस्बिरः डेलीमिरर डट एल

श्रीलंकामा भइरहेको अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको विहीबार बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको छ ।

५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनी नदीमा स्थानीय अखबार डेलीमिरर डट एलकेले जानकारी दिएको छ।

राजधानी कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनलाई नजिकैको बाँधबाट प्रहरीले मृत शरीर फेला पारेको थियो।

श्रीलंकाको पहाडी क्षेत्रमा रहेको बर्षा वन, नदी पार गर्नुपर्ने सहासिक साइकल रेसका क्रममा खेलाडीले जंगली हात्ती, चितुवा, सर्प जस्ता जीवजन्तुको सम्भावित खतरासमेत हुनेगर्छ।

साइकल रेसमा महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले नेपालबाट सहभागिता जनाएका थिए।प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो ।

श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ प्रतियोगितामा ३३ वर्षीय महर्जनको मृत्युपछि रोकिएको समाचारमा जनाइएको छ।

हेर्नुहोस् भिडियो

https://youtu.be/A9Z9gu8-qL0

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ