मैत्रीपूर्ण फुटबलमा महिला कर्मचारी विरुद्ध महिला जनप्रतिनिधि टीम विजयी (भिडियो सहित)

मैत्रीपूर्ण फुटबलमा महिला कर्मचारी विरुद्ध महिला जनप्रतिनिधि टीम विजयी (भिडियो सहित)

wn

तनहुँ । संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा महिला जनप्रतिनिधी र निजामती महिला कर्मचारी विच फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहुँको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला जनप्रतिनिधी विजयी भएको हो ।

रोमान्चक मैत्रिपुर्ण फुटबल प्रतियोगितामा महिला जनप्रतिनिधी १-० गोल अन्तरले विजयी भएका हुन । रोमान्चक खेलको दोस्रो हाफमा चन्द्र परियारको एक गोल संगै महिला जनप्रतिनिधी विजयी भएको हो । प्रतियोगिताका विजेता जनप्रतिनिधीले नगद ८ हजार १ सय ११ र उपविजेता कर्मचारीले ४ हजार प्राप्त गरेका छन ।

त्यस्तै खेलमा एक मात्र गोल गरि आफ्नो समुह लाई विजयी बनाउने चन्द्र परियार बेस्ट प्लेयर घोषित भइन । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षता भएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेश सांसद सरिता गुरुङ रहेकी थिइन ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेकपाका नेता श्रीप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणीज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । फोटो/भिडियो : बि एण्ड बि मिडिया

हेर्नुहोस पुरा भिडियोमा :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ