मनाङमा ‘पानी घट्ट’ नै प्यारो, प्रत्येक गाउँमा पानी घट्ट

मनाङमा ‘पानी घट्ट’ नै प्यारो, प्रत्येक गाउँमा पानी घट्ट

pani ghatta 31

नेगम परियार, मनाङ । मनाङ जिल्ला जलश्र्रोतको धनी जिल्ला भएपनि यहाँ अहिले सम्म बिजुलीबाट चल्ने मिलहरु छैनन् । कारण। घरेलु जल बिद्युतले बिजुलीबाट चल्ने मिल धान्न नसक्नु नै हो । हुन त जलश्रोतको समस्या नभएकाले पनि यहाँ बिजुलीबाट चल्ने मिल नराखिएको स्थानीयको भनाई रहेको छ ।

मनाङ जिल्लाको कुनै पनि गाउँमा बिजुलीबाट चल्ने मिल छैन । जिल्लाका हरेक गाउँमा हालसम्म पनि पानी घट्टाबाट नै अन्न बालीको पिसानी गरिन्छ । मनाङमा एक गाउँ एक घरेलु हाइड्रो पावर र सोहि घरेलु हाइड्रो पावर बाट निकालीएको बिजुली बत्ति सोहि स्थानको प्रयोगको लागी मात्र दिने गरिन्छ । यस्ता खालका घरेलु हाइड्रो पावर मनाङ जिल्लाका लग भग सबै गाउँमा रहेको छ ।

हुन त बिजुलीबाट चल्ने मिलले पिसानी गरेको अन्नमा त्यति मिठो स्वाद नआउने बताउछन् स्थानीयहरु । तर पानी घट्टामा पिसानी गरेको अन्नको छुट्टै मिठास हुने उनीहरुको भनाई छ । सानो जिल्ला र थोरै जनसंख्या भएकोले पनि यहाँ त्यत्ति अन्नबाली पिसानी ठूलो मात्रामा हुँदैन ।

‘पानीको समस्या छैन, घट्टा बाटै काम चलिरहेको छ, किन चाहियो र बिजुलीबाट चल्ने मिल ?’ पिसाङ गाउँको पानी घट्टामा पुरानो फापर पिसानी गर्न आएकी एक महिलाले भनिन् । सबै गाउँहरुमा खोला नाला भएकोले पनि यस ठाउँमा पानी घट्ट प्रस्शस्त मात्रामा प्रयोगमा आएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ