मनिपाल अस्पताल चार दिन देखि ठप्प

मनिपाल अस्पताल चार दिन देखि ठप्प

pokhara-manipal-hospital

पोखरा । कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा चार दिन देखि ठप्प छ ।

आन्दोलनका कारण सेवा ठप्प हुदाँ विरामीहरु मर्कामा परेका छन् । कर्मचारी आन्दोनका कारण मंगलबार देखि मणिपाल अस्पताल बन्द छ । गाउँ गाउँबाट उपचार गराउन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका छन् ।

अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ मोर्चाबन्दी गरेर आन्दोलनमा उत्रिए । अस्पतालको फार्मेसीमा काम गर्ने रमेश बोहरा, उनकी श्रीमति हेलेन पन्त, निलकण्ठ भट्टराई, टेकबहादुर विक, उनकी श्रीमति मञ्जु विक र लेखा शाखामा काम गरिरहेकी अल्पना ठाकुरलाई प्रशासनमा जानकारी नदिई कम्पनी खोलेर औषधी ब्यापार गरेको आरोप छ । बोहराकी श्रीमति हेलेन चाहीँ मनिपालकी कर्मचारी होईनन् । उनैलाई देखाएर कर्मचारीले ब्यापार गरेको अस्पतालले जनाएको छ ।

कर्मचारीहरुको आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ । अस्पताल पक्षले कर्मचारी माथि ज्यादती गरेको भन्दै बर्खास्त गरिएका कर्मचारीलाई तुरुन्तै पुनःबहालीको माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको हो । सोमबारदेखि अनिश्चित कालका लागि आन्दोलन चलेको आन्दोलनकारी कर्मचारीहरुले बताए ।

मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङ तर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक १ हजार हाराहारीमा विरामीहरु उपचारका लागि आउने गर्छन् । तलव सुविधाको माग सहित लामो समयदेखि यहाँका कर्मचारीहरु आन्दोलित छन् । पटक पटक झडप समेत हुँदै आएको छ ।

स्थानीय फुलबारी क्लब, वडा कार्यालय ११ र नागरिक समाजले अस्पतालको सेवा बन्द नगर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ