म्याक्स टिभीबाट ठगिएको गुनासो, विज्ञापनमा चाहिँ नि:शुल्क, जडानमा तेब्बर दस्तुर

म्याक्स टिभीबाट ठगिएको गुनासो, विज्ञापनमा चाहिँ नि:शुल्क, जडानमा तेब्बर दस्तुर

1302187485_1522659505

महेन्द्र जिसी, पर्वत । विज्ञापनमा निःशुल्क भनेर प्रचार गर्ने तर जडान गर्ने बेला हजारौंको बिल थमाउने गरेपछि उपभोक्ता आक्रोशित बनेका छन् ।

निःशुल्क सेटअप बक्स उपलव्ध गराउने प्रचार–प्रसार गरिरहेको म्याक्स टिभीले उपभोक्ताहरुलाई ठगी गरेको पर्वतमा टिभिका उपभोक्ताहरुले बताएका छन् । उपभोक्तालाई निःशुल्क सेटअप बक्स दिएर एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरित गर्न भन्दै मेगा म्याक्स टिभी प्रालिले शुल्क अशुलेर सेटबक्स वितरण गरेका गरेको हो ।

सेटअप बक्स निशुल्क दिने भनिएपनि जडानका बेला केवल कम्पनीहरुले शुल्क असुल्ने गरेका छन । म्याक्स सेटअप बक्स निःशुल्क भएपनि पर्वतका केवल सञ्चालकहरुले उपभोक्ता मार्फत १२ सय ५० देखी २५ सय सम्म अंशुल्ने गरेका हुन । जडा गर्दा केवल सञ्चालकहरुले एक हजार दुर्ई सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म लिएको उपभोक्ताहरुले बताएका छन् ।

सेवाग्राहीहरुले पनि सेट बक्स जडान पछि थाहा पाएको बताएका हुन् । केबुल सञ्चालकले व्यहोरा खुल्ने बिल भरपाई नदिई उपभोक्ता अन्यौलमा पार्ने गरेको उपभोक्ताहरुले बताएका हुन् । अहिले पर्वतमा म्याक्स टिभिको सेट बक्स पर्वत केवल नेटवर्कले विक्रि गर्दैै आएको छ ।

नेटवर्कका प्राविधिक विष्णु जिसीले बजारमा १२ सय देखी दुरीको हिसवाले शुल्क लिएर बक्स जडान गर्दै आएको बताए । बिल नै नदिई शुल्क अशुलेर केवलवालाहरुले उपभोक्ता खुलेआम ठग्ने गरेको अधिकारकर्मीहरुले बताएका छन् । सरकारले आगामी असार मसान्तभित्र एनालग सिग्नल नहटाए कार्वाही प्रक्रिया थाल्ने बताएपछि डिजिटल प्रणाली जडानमा उपभोक्ता लागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ