मीन राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

मीन राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

Min

मीन

बर्षारम्भमा ग्रह प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु अष्टम स्थानमा बसेकोले स्वास्थ्यमा सङ्कट आउनेछ । गलत विचार बढ्नेछ। समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ ।

झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् । विश्वास गरेकाहरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ । कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको परिवारिक समस्याले प्रशस्त मात्रामा सताउनेछ।

 हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । सन्तानपक्ष दूर्वल रहेकोछ । पढाई लेखाइमा उतार चढाव आउनेछ । घर परिवारमा सुख,शान्ति अल्प मिल्नेछ । स्वव्यवसायमा स्तरोन्नति कम हुनेछ । मिलेर गरेका कामले फाइदा दिने छैन । आफन्तका कारण धनमाल नोक्सान हुनसक्छ । पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ ।

अनुसन्धान ,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । धार्मिक कार्य अगाडि बढ्ने छन् । घरेलु समस्या बढ्ने हुँदा संयम भएर अघि बढ्नु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ ।

पितासँगको सम्वन्धमा ह्रास आउनेछ । आश्विन १९ पछि गुरुको अनुकूलताले समयमा सुधार आउनेछ । मनोबल बढ्नुको साथै रोकिएका कामहरू बन्नेछन् । भाग्य बलियो भएकोले अघि बढ्न सजिलो होला । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनुहोला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन्। राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारीको उच्च मूल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ । आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन् र आम्दानीका स्रोतहरु चौतर्फी जुटनेछन् ।

व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् । शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ महत्वपूर्ण कामहरू आश्विन १९ देखि गर्नु बेस। ज्येष्ठ, भाद्र, पौष, माघ शुभ महिना हुन् भने वैशाख, आषाढ, कार्तिक, फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग, चैत्र मध्यम रहनेछन् ।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ