पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट उदीयमान खेलाडी मेखबहादुर सेन थापा (क्रिकेट)

पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट उदीयमान खेलाडी मेखबहादुर सेन थापा (क्रिकेट)

Mekh Bahadur Sen

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदियमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए ।

उदियमान खेलाडीमा मेखबहादुरसँगै एथ्लेटिक्सका विवेक अधिकारी र कबड्डीकी बुद्धिमाया मगर (कविता) मनोनयनमा परेका थिए । उदयीमान खेलाडीलाई नगद १५ हजार साथमा वल्र्ड वाइड कनेक्सनबाट सामसुङ मोबाईल प्रदान गरियो ।

गत वर्ष थाइल्याण्डमा सम्पन्न एसीसी अण्डर सिक्स्टिन इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले उपाधि जित्दा मेखबहादुर सेन थापा टोलीका महत्वपूर्ण सदस्य हुन् । भर्खरै १५ वर्षका उनी कक्षा ६ देखि नै क्रिकेट खेल्न थाले ।

२०७४ सालमा मनमोहन मेमोरियल कप, अण्डर सिक्सिटन राष्ट्रपति कप खेले । आठौं राष्ट्रिय खेलकुदमा आफ्नो उमेरसमूहमा उनको टीम प्रथम भयो । कास्की क्रिकेट लिग, माछापुच्छ्रे क्रिकेट लिग, अन्तर कलेज लिग, टि ट्वान्टी कप, द युनाइटेड गोल्डमार्ट पीसीसी कपमा पनि उनले खेले ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds