तनहुँमा धान कुट्ने मिलमा बेरिँदा फुलमायाको मृत्यु

तनहुँमा धान कुट्ने मिलमा बेरिँदा फुलमायाको मृत्यु

belt-mill

पोखरा । तनहुँमा धान कुट्ने मिलमा बेरिदा एक महिलाको मृत्यु भएको छ । धान कुट्ने मिलमा परेर तनहुँ घिरीङ गाउँपालिका -४ मानपुर निवासी ४५ बर्षीया फुलमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउसो करिब १२:३० बजेको समयमा स्थानीय दुर्गा बहादुर थापाको धान कुट्ने मिलको पट्टामा बेरिएर फुलमाया थापाको मृत्यु भएको हो ।

मिलमा धान हाल्ने क्रममा आफैले लगाएको सल मिलको पट्टामा बेरिन जाँदा फुलमायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ