दशौं मिस पोखरा बन्ने होईन ? आवेदन खुल्ला

दशौं मिस पोखरा बन्ने होईन ? आवेदन खुल्ला

5b47418767ec1

पोखरामा लामो इतिहास बोकेको सौन्दर्य प्रतियोगिता मिस पोखराको दशौं संस्करण सुरु भएको छ । आयोजक जेसिआई पोखरा, नेपालले आवेदन फाराम खुल्ला गरेको छ ।

युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन हरेको दशौं संस्करणको मिस पोखरा २०१८ को लागि आवेदन फाराम खुल्ला भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा प्रमाणपत्र तह उत्तीर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविवाहित नारीहरुले सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक जेसी देवराज शर्माले बताए । सहभागी हुन चाहनेहरुले फारम भरिसकेपछि साउन १९ गते अडिसन हुने र करिब एक महिनाको बन्द प्रशिक्षण पछि असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा हुने उनले बताए ।

प्रतियोगिताको बिजेताले ’मिस पोखरा’को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैंया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मिस नेपालमा सिधै सहभागिता जनाउन पाउनेछिन् ।

यस्तै, फस्र्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । अन्य १० जना प्रतियोगिलाई बिधागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।

मिस पोखराले मिस नेपालमा बिना अडिसन सिधै सहभागी हुन पाउने भएकाले पनि यो प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिने गरिन्छ । सन् १९९५ मा पहिलो मिस पोखरा रीता गुरुङ मिस नेपाल फस्र्ट रनर अप हुन सफल भएकी थिइन् । त्यस्तै, सन् १९९७ मा मिस पोखरा निलिमा गुरुङले मिस नेपालको उपाधि जितिन् । जुन अहिलेसम्म मिस पोखराले प्राप्त गरेको ठूलो उपलब्धि हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ