‘मिस क्विन तनहुँ २०१८’ का लागि दमौलीबाट १३ जना छनौट

‘मिस क्विन तनहुँ २०१८’ का लागि दमौलीबाट १३ जना छनौट

mqt 1

मिस क्विन तनहुँ २०१८ को दमौली अडिसनका निर्णायकहरु

किरण श्रेष्ठ, तनहुँ । ‘मिस क्विन तनहुँ २०१८’ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘मिस क्विन तनहुँ’ को यो तेस्रो सिजन हो ।

तनहुँ इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । दमौलीमा भएको अडिसनबाट १३  प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले जानकारी दिइन् ।

प्रतियोगिताको छिट्टै आबुखैरेनिमा अर्को अडिसन हुने थापाले जानकारी दिइन । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस क्विन तनहुँ’ को आयोजना गरिएको आयोजकले बताएका छन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।

मिस क्विन तनहुँ २०१६ की विजेता सर्मिला दुरा, मिस क्विन तनहुँ २०१७ की बिजेता सन्जु थापा मगर र गायक क्रिजन पुन मगर, न्यु क्रियसन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले प्रतियोगी छनोट गरेका थिए । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ