मिस युनिभर्समा पहिलोपटक नेपाली, भोट गरेर जिताउन नगमा श्रेष्ठको आग्रह

मिस युनिभर्समा पहिलोपटक नेपाली, भोट गरेर जिताउन नगमा श्रेष्ठको आग्रह

Nagma Stha

देशको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्सको प्रतिस्पर्धामा भिडिरहेकी नगमा श्रेष्ठले आफूलाई भोट गर्न देशवासीलाई आग्रह गरेकी छन् । यति बेला प्रतिस्पर्धाका विभिन्न राउन्डको तयारीमा रहेकी नगमाले लास भेगासबाटै विज्ञप्ति जारी गर्दै भोटको अपिल गरेकी हुन् ।

नगमालाई एउटा जिमेल अकाउन्टबाट दैनिक १० भोटसम्म गर्न सकिनेछ भने टीटरमार्फत पनि भोट गर्न पाइनेछ । मिस युनिभर्सको फिनाले आइतबार हुँदैछ । नगमाले उक्त प्रतिस्पर्धाका लागि देशको प्रतिनिधित्व गर्ने संस्कृति झल्किने भेषभूषासहित प्रस्तुत हुने जनाइसकेकी छन् ।

पहिलोपटक मिस नेपाल युनिभर्स हुँदै प्रतिस्पर्धा गर्न पाउँदा आफूमा दायित्वबोध भएको उल्लेख गर्दै नगमाले विज्ञप्तिमा भनेकी छन्, ‘मैले आफूलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिइरहेकी छु । तर मेरो यी सबै मिहिनेतलाई सफल पार्न तपाईंको भोट पनि अमूल्य छ । त्यसैले मलाई भोट गर्नुहुन समस्त नेपालीलाई आग्रह गर्न चाहन्छु । तपाईंको भोट र मेरो मिहिनेतले नै हामीलाई सफलता दिलाउनेछ ।’

For Vote, Click this Link.

https://www.missuniverse.com/voting

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds