मोदी गाउँपालिकामा १२ किलोमिटर सडक पिच हुने

मोदी गाउँपालिकामा १२ किलोमिटर सडक पिच हुने

modi gapa

महेन्द्र जिसी, पर्वत । मोदी गाउँपालिकाको सदरमुकाम पातिचौर देखि वार्ड नं २ को कडेन, मैदान हुदै वार्ड नं १ भुकताङलेको लप्सी बोटसम्मको १२ किलोमिटर बाटो पिच गरिने भएको छ । स्तरोन्नति गर्ने कार्यको एक विशेष समारोह विच राष्ट्रिय सभाअध्यक्ष गणेश तिमिल्सिना र सांसद पदम गिरीले संयुक्त रुपमा विहीबार उद्धघाटन गरे ।

नेकपाका केन्द्रीय सदस्य गुप्त वहादुर हमाल र गाउँपालिका अध्यक्ष प्रेम शर्मा उपाध्यक्ष सेती महत लगायतको सहभागितामा सडकको शिलान्यास गरिएको हो । सयौंको संख्यामा स्थानीय जनताहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा सांसद ललिता गुरुङ, निवर्तमान सभासद अर्जुन प्रशाद जोशीको पनि उपस्थिति रहेको हो ।

आगामीप् १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको सडक गुण्स्तरमा स्थानीय तबर मार्फत चासो बढाउनु आवश्यक रहको प्रमुख अतिथीद्वय गिरी र तिमिल्सेनाले बताए । फेवा जाईन्ड भेन्चर कास्कीले जिम्मा लिएको सडकको ४ मिटर पिच र कुल चौडाइ ६ मिटर रहने सो सडकको लम्बाई १२ किमि रहने छ ।

प्रशिद्ध धर्मिक पर्यटन एवं तीर्थस्थल भवरकोट र देउपुर, भुकको महत्वपूर्ण कृषि सडकको रुपमा यो सडक निर्माण हुँदा विकासका प्रशस्त संभावनाहरु बढ्ने गाउँपालिकाले जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ