स्थानीय जनप्रतिनिधिले पहिलो वर्ष सिकाई र अन्यौलतामै बिताए, मोदीको तेस्रो गाउँसभा

स्थानीय जनप्रतिनिधिले पहिलो वर्ष सिकाई र अन्यौलतामै बिताए, मोदीको तेस्रो गाउँसभा

Modi

महेन्द्र जिसी, पर्वत । पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँ सभा पर्यटकीय गाउँ चित्रेमा सम्पन्न भएको छ । गाउँ कार्यापालिकाका सदस्यहरुले संघियता कार्यान्वयनको पहिलो वर्ष भएकाले नयाँ प्रणालीको सिकाई तथा तीन निर्वाचनका कारण अन्यौलतामै व्यतित भएको बताए ।

गाउँसभाले १८ वटा गाउँ नीति पास गरेको छ । गाँउपालिकाका कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले गाउँको विकास र सम्बृद्धिका लागि आवश्यक विधेयक पास गराएका हुन् । गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले गाउँपालिका स्थानीय तह भईसकेको र गाउँपालिकालाई राजपत्र निश्कासन गर्न पाउने अधिकार संविधानले प्रत्यायोजन गरेका कारण गाउँका विकासका ऐन नीति पास गराउन गाउँसभाको आयोजना गरेको बताए । 

३७ वटा कानुन बनाउने स्थानीय तहलाई अधिकार संविधानले व्यवस्था गरेको भएपनि मोदी गाउँ पालिकाले वर्ष दिनको अवधि सम्म १८ कानुन निर्माण गरीरहेको गाउँ सभामा जनाइयो ।

मोदी गाउँपालिकाको कृषि व्यवसाय , पशु व्यवासाय प्रवद्र्धन र व्यवस्थापन गर्न आर्थिक विधेयक र गाउँपालिकाको प्रशासकीय व्यवस्थापन नियमित गर्ने विधेयक पास भएको छ । त्यस्त, गाउँपालिका हाता भित्र सञ्चालित सहकारी व्यवस्थापन गर्न सहकारी विधेयक, गाउँ पालिकाका न्यायिक समितिमा परेका उजुरी कार्वाही किनारा गर्न न्यायिक विधेयक पास भएको छ ।

गाउँसभाले बनाएका १८ कानुनको अधिकारमा रहने गरी विधेयक निर्माण गरेर गाउँपालिका स्तरको कानुन बनाउन लागिएको उपाध्यक्ष सेती महतले जानकारी दिईन् । गाउँ सभामा शिक्षा नीति तथा गाउँ कार्यविधिको समेत छलफल गरिएको थियो ।

गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले संघियता कार्यान्वयनको वर्ष रहेका कारण चुनिएका जनप्रतिनिधिहरुको लागि सिकाईको वर्ष रहेका कारण विकासे काम भन्दा पनि कानुन निर्माण लागू र नीति कार्यान्वयमा व्यतित भएको बताए ।

गाउँसभामा ८ वटै वडाका जन प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारी र मनोनित सदस्यहरुको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा भएको गाउँसभाको उद्धघाटन जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्माले गरे भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ