मुक्तिक्षेत्र नियाल्दै मोदी मोहित

मुक्तिक्षेत्र नियाल्दै मोदी मोहित

modi

सुन्दर कुमार थकाली, मुस्ताङ । दुई दिने राजकिय भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान हिमालपारीको जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा पुजाआरधना गरेका छन् ।

उनले मन्दिरमा २५ मिनेट विशेष पुजाआरधना गरे । मोदीको पुजामा मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले धार्मिक विधि अनुसार पुजापाठ गरे भने मन्दिरका आनीहरुले यसमा साथ दिए । मोदीको मुक्तिनाथ परिसर प्रवेशपछि विशिष्ट कक्षमा ३ मिनेट समय खर्चिएर आफुले लगाएको पोशाक बदलेर १ सय आठधाराको मध्यभागमा पुगेर पवित्र जलसेचन गरेर सिधै मुक्तिनाथ भित्र प्रवेश गरे।

मोदी शनिवार बिहान ८ः३० बजे भारतीयवायु सेवा निगमको सैनिक बिमानमा हिमालपारी मुस्ताङको मुक्तिनाथक्षेत्र पुगेका हुन् । उनको स्वागातार्थ पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ४ का गृहमन्त्री हरिबहादुर चुमान, प्रतिनिधि सभासदस्य प्रेमप्रसाद तुलाचन, मुस्ताङबाट निर्वाचित प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, ५ वटै स्थानीयतहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, जिल्ला अनुसन्धान र स्थानीय बाह्गाउँका गुरुङ समुदायले मौलिक सांस्कृतिक पहिरनका भेषभुषामा मोदीको स्वागतका लागि जुटेका थिए ।

मोदीलाई मुक्तिनाथमा हिन्दु ब्रामण कुमार तथा परम्परागत रुपमा मुक्तिनाथको संरक्षण गर्दे आएका आनीहरुको टोलीले स्वागत गरेका थिए । सो क्रममा मोदीले मुक्तिनाथका आनीहरु संग संयुक्त फोटो खिचाए । त्यसपछि भएको छोटो दर्शनभेटमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका करिव १५ जना उच्च ओहदाका व्यक्तिले मोदी संग दर्शन गर्दे हात मिलाए । जिल्ला समन्वय समिति,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,स्थानीय गुरुङ समुदायले १ सय ८ सालिग्राम सहित परम्पराग मौलिक संस्कृतिका उपहार मोदीलाई प्रदान दिए ।

त्यसपछि मोदी एकसुरमा मुक्तिनाथलाई नियाल्दै मन्दिर परिसरबाट बाहिरिए । मोदीलाई स्थानीय समुदायले बिदाई गरे । फर्कने क्रममा मोदी संग बसेर फोटो खिचाउनेको स्थानीयको लर्को थियो । मोदीले मुक्तिनाथमा डेढ घण्टा खर्चिदा सुरुआत देखि अन्त्य सम्म कुनै प्रतिक्रिया दिन चाहेनन् । मुक्तिनाथमा पहिलो पाईला टेकेका मोदीले निकै गौण तवरबाट मुक्तिनाथको प्राकृतिक सौन्दर्यता नियालि रहे । उनले मन्दिर परिसर र फर्कने बेला मुक्तिनाथबाट देखिने डाडाकाढाँलाई नमस्कार गरेर आफ्नो आत्मालाई पवित्र बनाए ।

मुक्तिनाथमा पुगेर मोदीले बजाए ढोल

शनिवार बिहान मुस्ताङ पवित्र धार्मिक स्थल मुक्तिनाथ आएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाडपर्वमा स्थानीयले बजाउने ढोल बजाएर रमाईलो गरे । फर्कने क्रममा बिदाई गर्न लाईनबद्ध भएर बसेका मुस्ताङको बाह्गाउँका गुरुङ समुदयले बजारहेको ढोलकको डण्डी मागेर ३ मिनेट ढोलक बजाएर आनन्द लिए ।

मुक्तिनाथक्षेत्रको भ्रमण आएका मोदीले स्थानीयवासी संग बसेर सेल्फी खिचाउदा मुसुक्क हाँस्न पुगे । ठुलो संख्यामा स्थानीयवासीको मास संगै फर्किएका मोदीले पुन चारैतर्फ मुक्तिनाथक्षेत्र नियाल्दै मुक्तिनाथलाई प्रणाम गरे । त्यस्तै ,मोदीको मुक्तिनाथ भ्रमणको रिपोटिङमा गएका संञ्चारकर्मीलाई भारतीय टोलीले साँघुरो घेरामा राखेपछि पत्रकारहरुले आक्रोस व्यक्त गरेका थिए । स्थानीय संञ्चारकर्मीको आक्रोसपछि भारतीय टोलीले नेपालका संञ्चारकर्मीलाई रिपोटिङमा केही शहजता दिलाएको थियो ।

मोदी भ्रमणको रिपोटिङमा शहभागी भारतीय सञ्चारकर्मी हावी बनेको थियो । यसबारे छोटो प्रतिक्रिया दिदै प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली पत्रकार माथि गरिएको व्यवहार ठुलो राष्ट्र भएको खेल भएको जनाए ।उनले मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक आस्थाको केन्द्रलाई विश्व माझ पु¥याएको उल्लेख गर्दे यसले धार्मिक पर्यटनमा बृद्धि हुने उल्लेख गरे ।

प्रतिनिधि सभासदस्य प्रेमप्रसाद तुलाचनले भारतीय प्रधानमन्त्री प्रशन्न मुद्रामा मुक्तिनाथको दर्शन गरेर फर्कदा यसले भारतीय पर्यटकमा बृद्धि हुने बताए । मोदीको भ्रमणले मुक्तिनाथक्षेत्र हिन्दु र बौद्ध धर्मको सयुक्त रुपमा पुजा गर्ने थलोको रुपमा विश्वमा चिनाउन सहयोग पु¥याउने जनाए ।उनले मुस्ताङको पर्यटन बिकासमा सडक बिस्तार देखि पर्याप्त होटलहरुको पुर्वाधार निर्माण हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ