मुक्तिनाथमा मोदी आउने रौनक, सुरक्षा निगरानी कडा

मुक्तिनाथमा मोदी आउने रौनक, सुरक्षा निगरानी कडा

mstng (1)

सुन्दर कुमार थकाली, मुस्ताङ । यही शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पुर्वसन्ध्यामा मुक्तिनाथ क्षेत्रको रौनक उत्कर्षमा पुगेको छ ।

जसका लागि मुक्तिनाथ क्षेत्र विकास समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय रानीपौवासीका स्थानीयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागार्थ गेट निर्माण देखि मुक्तिनाथक्षेत्रको आवश्यक मर्मत सुधारकार्यलाई तिब्रता दिएका छन् ।

मोदी भ्रमणको तैयारीको क्रम अन्तिम चरणमा पुगेको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिईन् । उनका अनुसार मुक्तिनाथ बिकास समिति, स्थानीय तह, जिल्ला समन्वय स्वागत समिति र रानीपौवाबासीले मोदी भ्रमणको तयारीका लागि तिब्र रुपमा काम अघि बढाएको जनाईन् । मोदी भ्रमणका लागि जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले मिनी हेल्थ आईसियु स्थापना गरेको छ भने मिनी आईसियु टोलीसंग भारतीय स्वास्थ्य टोलीले सहकार्य गर्ने जनाईएको छ ।

मोदीको मुक्तिनाथ भ्रमण तथा पुजापाठमा स्वामी कमलानयन आचार्य बिहिवार मुक्तिनाथक्षेत्र पुगेका छन् । उनी मोदीको मुक्तिनाथमा हुने पुजामा सरिक हुने जनाईएको छ । मोदीले मुक्तिनाथमा डेढघण्टा पुजा गर्ने समय मिलाईएको छ ।

त्यस्तै, विहिवार भारतीय एआइजी सहितको सुरक्षा फोर्स तथा प्राविधिक टोली भारतीय हेली मार्फत मुक्तिनाथ क्षेत्रमा पुगेको छ । उक्त भारतीय सुरक्षा टोलीले मोदी भ्रमणका लागि चाहिने आवश्यक बन्दोबस्तीका ससामान सहित व्यवस्था मिलाएका छन् ।

मोदी भ्रमणका लागि जिल्ला सुरक्षा समितिको बैठक मुक्तिनाथमा बसेको छ । सिडियो शिशिर पौडेलका अनुसार भारतीय सुरक्षा टोली संग मोदी भ्रमणका बारेमा छलफल गर्नु अघि पुर्व तैयारी स्वरुप जिल्ला सुरक्षा समितिले सामान्य छलफल गरेको जानकारी दिए । उनले मोदी भ्रमणलाई कसरी भरपर्दो र व्यवस्थित गर्ने भन्नेबारे शुक्रवार अन्तिम टुंगोमा पुग्ने जनाए ।

मोदी भ्रमणको सुरक्षा गस्तीका लागि मुक्तिनाथ क्षेत्र आसपास ठूलो संख्यामा सुरक्षाकर्मीले सुरक्षा निगरानी गरिरहेको छ । मुस्ताङका डिएसपी रामहरी पाण्डेका अनुसार मोदी भ्रमणको सुरक्षार्थ नेपाल प्रहरीका १ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा निगरानी गरेको छ ।

विहीवार मुक्तिनाथक्षेत्रमा भारतीय हेलिकप्टर र नेपाली हेलिकप्टरले मुक्तिनाथ क्षेत्रको हवाई गस्ती गरेका छन् । विहिवार देखि मुक्तिनाथ क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी बढाईएको छ भने जिल्ला बाहिरबाट पनि थप सुरक्षाकर्मी परिचालन भएको छ ।

भाग्यमानी मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पुर्वसँध्यामा मुत्तिनाथक्षेत्रमा हिउँ परेको छ । बुधवार राती परेको हिउँले मुक्तिनाथ क्षेत्रका डाडाकाँडा सेताम्मे भएपछि मोदीको मुक्तिनाथ भ्रमण अविश्मरणीय बन्ने भएको छ । हिउँ नपर्ने समयमा हिउँ परेपछि मुक्तिनाथ दर्शन गर्नेमा मोदी भाग्यमानी सावित हुने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds