मुस्ताङ दुर्घटना अपडेटः २० जनाको मृत्यु, १२ जना घाईते

मुस्ताङ दुर्घटना अपडेटः २० जनाको मृत्यु, १२ जना घाईते

gandak

सुन्दर कुमार थकाली, मुस्ताङ । कालिगण्डकी करिडोरको बेनी जोमसोम ,कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ तामाखोलामा शुक्रबार दिउसो २ बजे बा २ ख २२१९ नम्बरको टिपर पल्टिदा सडकको काममा खटिदै आएका २० जना मजदुरको मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएका शब मध्ये ५ जनाको शब जिल्ला अस्पताल जोमसोममा ल्याएको छ भने बाँकी १५ जनाको शब समय अभावले शनिवार जोमसोम ल्याईने  जिल्ला प्रहरी कार्यालय जोमसोमले जनाएको छ ।

सधैजसो निर्माण स्थलबाट बिहानको समय घिलिङ गाउँमा खाना खाई फर्कने क्रममा बिरुवा कन्ट्रक्सनको स्याङवोचे घिलिङ सडकखण्डमा काम गर्दे गरेका ३२ जना मजदुर सहित बालुवा बोकेर लिएर निर्माण स्थलतर्फ जादै गरेको टिपर अकस्मात अनियन्त्रित भई घिलिङको माथिल्लो सडकबाट तल्लो सडकको रोडमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।

मुस्ताङ प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार टिपर दुर्घटनामा मृत्यु हुनेमा दाङका ३० वर्षिय बालकुमार घर्ती,रोल्पाका २८ बर्षिय सुकमान रोक्का,धादिङका २३ बर्षिय सुजन घलान (चालक),सिन्धुलीका २० बर्षिय जीवन माझी,कैलालीका २२ बर्षिय बिन्ति घर्ती,रोल्पाका १९ बर्षिय महेश रोक्का,दाङका ३१ वर्षिय कबिता घर्तीमगर,रोल्पाका ३२ वर्षिय रामकुमार पुन,दाङका ३५ बर्षिय सुबेर चौधरी,कैलालीकका २३ बर्षिय बिनिता घर्तीमगर,दाङका ४३ बर्षिय शान्ति थापा,रोल्पाका ३२ वर्षिय शन्तु घर्ती,स्याङ्जाको २४ बर्षिय कृष्ण क्षेत्र,दाङका २५ बर्षिय कमल बुढा,रोल्पाका ३१ बर्षिय जीतमाया घर्ती,रोल्पाका २० बर्षिय सृजना मगर,रोल्पाका २३ बर्षिय रास्ट्रे रोक्का र ३५ बर्षिय कमानसिह रोक्का छन् । टिपरमा सवारमा ३२ जना मजदुर मध्ये १३ जना गम्भिर घाईतेलाई एयर डाईनेष्टी प्रालिको हेली र नेपाली सेनाको एम आई १७ मार्फत थप उपचारका लागि पोखराको मनिपाल अस्पतालमा लगिएको सिडियो पौडेलले जनाए ।

त्यस्तै मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भौगोलिक समस्याका कारण उद्धारकार्यमा कठिनाई भएको जानकारी दिए ।उनले दुर्घटनामा परेका सबै मजदुरको बिवरण खुलिसकेको र अन्य घाईतेहरुको नामावली प्राप्त नभएको जानकारी दिए ।त्यस्तै कालिगण्डकी करिडोरका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बाटोको अवस्था सहज भएपनि चालकको हेलचक्रयाईका कारण दुर्घटना भएको हुनसक्ने बताए ।उनले घाईते मजदुरलाई ईन्सोरेन्सको नियम अनुसार आवश्यक क्षती पुर्ती दिलाउन पहल गरिने जानकारी दिए ।


बेनी जोमसोम ,कोरला सडक भएको यो सबैभन्दा ठुलो दर्घटना भएको कालिगण्डकी करिडोरका ईन्जिनीयर जगत प्रजापतीले जनाए ।यसअघि सामान्य दुर्घटना भएकोमा यो ठुलो भएको उनले जनाए ।उनका अनुसार कालिगण्डकी करिडोर करिव २ हजार मजदुर कार्यरत रहेको जानकारी दिए ।

मध्यान्ह करिडोरको काममा प्रयोग भएको टिपर सडकबाट खसेर मानविय क्षती भएपछि सिडियो शिशिर पौडेलको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो ।बैठकले दुर्घटनाका घाईते र मृतकलाई कसरी गन्तब्य पु¥याउने भन्नेबारे छलफल भएको थियो ।जिल्ला प्रशासन कार्यालयले घटनामा परेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयमा पत्रचार गरेको जनाएको छ ।


जोमसोम देखि उत्तरतर्फ करिव ६० किलोमिटर पर स्याङ्वोचे घिलिङ सडकमा दुर्घटना भएको थाहा पाएपछि स्थानीय उद्धारमा जुटेका थिए ।त्यस्तै दुर्घटना स्थलबाट करिव १५ किलोमिटरको फरकमा रहेका घमी प्रहरी चौकी र छुसाङ प्रहरी चौकीका सुरक्षाकमी उद्धारमा खटिएका थिए ।त्यस्तै नेपाली सेनाले समेत उद्धारमा सहभागी जनाएको छ ।
दुुर्घटनामा परेका मृतकहरुको सबै सबलाई शनिबार हेली मार्फत पोखरा लगिने बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ