जिल्ला अन्धकार हुदाँ मुस्ताङका जनप्रतिनिधि तातिए

जिल्ला अन्धकार हुदाँ मुस्ताङका जनप्रतिनिधि तातिए

2917848_o (1)

सुन्दर कुमार थकाली, मुस्ताङ ३० फागुन । धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपारी मुस्ताङमा पछिल्लो समय लगातार बिद्युत सेवा अवरुद्ध भएपछि बुधवार जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु नेपाल बिद्युत प्राविधिकरणको कार्यालयमा पुगेर ध्यानआर्कषण गराएका छन् ।

प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन,प्रदेश सभासद चन्द्रमोहन गौचन,महेन्द्र बहादुर थकाली,ईन्द्रधारा बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट सहितको टोलीले बुधवार नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक हराराज न्यौपानेलाई जिल्लामा बिद्युत आपूर्ति व्यवस्थित गरिदिन लिखित पत्र मार्फत ध्यानआर्कषर्ण गराएका हुन् ।

उनीहरुले चोखोपानी साना जलबिद्युत आयोजनाको २ सय ४० किलोवार्ड बिद्युत क्षमता र थापाखोला हाईड्रो पावर १३.६ मेघावार्ड निर्माण संम्पन्न भएपनि बिभिन्न प्राविधिक कारण जिल्लामा बिद्युत नियमित नहुदा जिल्लानै अन्धकार भएको र जसका कारण बिद्युतिय संञ्चार तथा दैनिक प्रयोजनमा प्रयोग हुने बिद्युतसेवाले समग्र जिल्लावासी पीडित भएको अवगत गराईएको छ ।पत्रमा बिद्युत आपूर्ति नियमित नहुदा राष्ट्रले करोडौको घाटा व्यवहोर्नु परेको उल्लेख गर्दे उपल्लो मुस्ताङमा बिद्युतसेवा बिस्तार गर्न घमीमा ३३ केबीको केन्द्रिय सवस्टेशन जडान गर्न समेत अनुरोध गरेको छ ।

नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा भएको बृहत छलफलमा नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक हराराज न्यौपाने,थापाखोला हाईड्रो पावरका प्रबन्ध निर्देशक भरत कुमार खड्का,नेपाल बिद्युत कार्यालय बेनीका प्रमुख  नेत्रमणी न्यौपाने, पाेखरा क्षेत्रिय कार्यलय ईन्जिनियर सुरेस क्षेत्री र मुस्ताङका निर्वाचित प्रतिनिधिबीच ३ हप्ताभित्र बिद्युतसेवा नियमितका लागि न्यूनिकरण गर्ने सहमति भएको प्रदेश सभासद चन्द्रमोहन गौचनले जानकारी दिए ।उनका अनुसार नेपाल बिद्युत प्राधिकरणले डिस्टीव्युसन सवट्रान्सफरमर लाईन फेर्ने सहमति भएको बताए ।

‘मुस्ताङलाई लोड सेटिङ मुक्त गर्न नेपाल बिद्युत प्राधिकरण सकारात्मक भएको छ ,प्राधिकरणले पनि २ महिना भित्र १० हजार सवट्रान्फरमर खरिद गर्ने जनाएको छ’उनले भने‘म्याग्दीको बेनी देखि तातोपानी सम्म १८ वटा ११ केबी र तातोपानी देखि कोवाङ सम्म १५ वटा ११ केबीको डिस्टिव्युसन ट्रान्फरमर आवश्यकता छ,यसलाई पूरा गर्न नेपाल बिद्युत प्राधिकरण सकारात्मक छ ।’उनले जनतालाई परेको चरम बिद्युतिय समस्या प्रति जनप्रतिनिधिहरु संम्वेदनशिल भएको बताए ।

सभासद गौचनका अनुसार घरापखोला जलबिद्युत आयोजनाका ४ वटा मेशिन संञ्चालन भएमा करिव १ हजार किलोवार्ड बिद्युत उत्पादन हुने बताए ।उनले घरापका ४ वटा मेशिन मध्ये २ वटाको संञ्चालनमा नरहेको र बिग्रिएका ति २ वटा मेशिनको यही ५ गतेभित्र आवश्यक मर्मत गरिने भएकाले केही दिनभित्रै मुस्ताङले भोग्दै आएको लोडसेटिङको समस्या सुल्झने बताए ।उनका अनुसार घरापखोला जलबिद्युत आयोजनाको स्तरोन्नती गर्नका लागि थापाखोला हाईड्रोले आवश्यक जनशक्ति परिचालनमा सहयोग गर्ने सहमति भएको बताए ।

लामो समय देखि मुस्ताङमा बिद्युत आपूर्ति अवरुद्ध भएपछि मंगलवार जोमसोमका स्थानीयवासीले मंगलवार बिद्युत कार्यालय ,जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा बिद्युत आपूर्ति शहज गर्न दबाब दिएका हुन् । उनीहरुले बिना सूचना लोडसेटिङ गरेर जनतालाई शास्ती दिएको भन्दै आपूर्ति शहज नभए तालाबन्दी गर्ने चेताबनी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ