मुस्ताङमा २३ सय सवारीलाई कारवाही, १५ लाख राजश्व

मुस्ताङमा २३ सय सवारीलाई कारवाही, १५ लाख राजश्व

traffic

सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङको सडकमा दिनहु सयौंको संख्यामा सवारी साधनसाधन भित्रिन थालेपछि ट्राफिक राजश्वमा ३० प्रतिशतले बृद्धि भएको छ । पछिल्लो समय कालिगण्डकी करिडोर अन्तर्गतको निर्माणधिन बेनी–जोमसोम सडकमार्गको स्तरबृद्धि र यातायातमा भएको सेन्डिकेट निस्तेज भएपछि दैनिक राजश्व संङ्कलनमा अपेक्षाकृत बृद्धि भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमका प्रहरी नायव नीरिक्षक सुकबहादुर विकले जानकारी दिए ।

आर्थिक वर्ष ०७४-०७५ को चालुवर्षको उत्तरार्धमा आईपुग्दा कुल २३ सय २३ सवारी साधन कारवाहीमा परे ।जसबाट १४ लाख ९६ हजार ५ सय राजश्व संङ्कलन भएको छ । यो रकम गतवर्षको तुलनामा एक तिहाईले कम भएको हो । पोहोर १५ सय २६ सवारी साधन कारवाहीमा परे । जसबाट ११ लाख ७८ हजार राजश्व उठेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालुवर्षको श्रावणमा ८३ सवारी कारवाहीमा पर्दा ५१ हजार ,भाद्रमा १ सय २१ कारवाहीमा पर्दा ८५ हजार ५ सय ,असोजमा ३ सय ९७ कारवाहीमा पर्दा २ लाख ६६ हजार ५ सय ,कार्तिकमा ४ सय ४१ कारवाहीमा पर्दा २ लाख ९२ हजार,मंशिरमा १ सय ७४ कारवाहीमा पर्दा १ लाख १५ हजार ,पुषमा ७८ कारवाहीमा पर्दा ४७ हजार ५ सय ,माघमा ५५ सवारी कारवाहीमा पर्दा ३४ हजार ५ सय ,फागुनमा १ सय ८१ कारवाही १ लाख ६ हजार ५ सय ,चैत्रमा ३ सय ७५ कारवाही पर्दा २ लाख ४१ हजार ५ सय र बैशाख महिनामा ४ सय १८ सवारीलाई कारवाही गर्दा २ लाख ५७ हजार राजश्व संङ्कलन भएको छ ।

मुस्ताङमा ट्राफिकको व्यवस्था लागु भएको करिव १० वर्ष बितिसकेको छ ।नेपाली सेनाले बेनी÷जोमसोम सडकको अस्थायी ट्याक खोलेपछि सवारी साधन चल्न सुरु गरेका हुन् । जसको केहीवर्षपछि पश्चिम क्षेत्रिय ट्रफिक कार्यालय रुपन्देही बुटवलले मुस्ताङमा ट्राफिक दरबन्दीको व्यवस्था गरेको हो ।

सुरुआती समय जिल्लामा स्थानीय सार्वजनिक सवारी साधनमा चल्ने प्रावधान भएकाले राजश्व संङ्कलन प्रभावकारी बनेको थिएन ।पछिल्लो समय मुस्ताङमा सेन्डिकेट हटाईपछि जुनसुकै प्रकारका सवारी साधन निर्वाधरुपमा चल्न पाउने व्यवस्था मिलेको छ । जसका कारण जिल्ला बाहिरका अधिक सवारी साधन जिल्ला भित्रने क्रमबढेपछि राजश्वमा संङ्कलनमा सुधार आएको हो । तर मुस्ताङमा ट्राफिक दरबन्दी भने अपुगनै भएको अस्थायी ट्राफिक कार्यालयको भनाई छ । मुस्ताङमा अहिले ५ जनाको मात्र ट्राफिक दरबन्दी छ ।

जसमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा २ जना र ३ जना ट्राफिक जोमसोममा खटाईएको छ। जिल्लाको धार्मिक तथा पर्यटकिय गन्तब्यहरु कागबेनी,मुक्तिनाथ र लोमान्थाङमा ट्राफिकको पँहुच पुग्न सकेका छैन ।मुस्ताङमा सवारी चेकजाँच र व्यवस्थापनको जिम्मा लिएको अस्थायी ट्राफिक प्रहरीको जोमसोममा नीजी कार्यालय सम्म पनि छैन ।

वर्षेनी लाखौ राजश्व संङ्कलन हुने मुस्ताङमा यहाँ कार्यरत ट्राफिक प्रहरीले लामो समयदेखि एउटै कोठामा असहज तरिकाले कार्यसम्पादन गुर्नुपरेको अस्थायी ट्राफिक कार्यालयका प्रमुख सुकबहादुर विकको भनाई छ । ‘सानो एउटै कोठामा खाने, सुत्ने र कार्यालयको सबै काम गर्नुपर्ने बाध्यता छ ।यस समस्यालाई जतिसक्दो चाँडो संम्वोधन भए राम्रो हुने थियो ।’ उनले भने ।

उनका अनुसार संघियता कार्यान्वय भईसकेकाले क्षेत्रिय ट्राफिक कार्यालयले गर्दे आएको जिम्मेवारी निकट भविष्यमा प्रदेश ट्राफिक कार्यालयका नाममा संञ्चालन हुने जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds