‘पूरानो भएसी दिनकै झगडा किन हुन्छ मायामा ?’

‘पूरानो भएसी दिनकै झगडा किन हुन्छ मायामा ?’

naya naya maa

मेरो बाबा मेरो परान, तिमी मेरो राजै
तिम्ले साथ दिनौ भने, मर्छु भन्थ्यौ आजै
नयाँ नयाँमा रैछ नयाँ नयाँमा, पूरानो भएसी दिनकै झगडा किन हुन्छ मयामा ?
लौन
………
प्रिय युवा गायक राजकुमार बानियाँको यस्तै चोटिलो शब्द र मिठास लयमा नयाँ गीत सार्वजनिक भएको छ । पहिलो पटक भिडियोमा मुख्य भूमिकामा देखिएका राजकुमारलाई स्वरमा धादिङकै गीता सेञ्चुरीले साथ दिएकी छिन् भने दृश्यमा उदयीमान चर्चित मोडल करिश्मा ढकालले ।

गीतमा लय, शब्द राजकुमारकै हो । भिडियो निर्माणमा राजकुमार भुजेलको पनि उत्तिकै साथ छ । भुजेलको पनि अभिनय रहेको छ । भिडियोको निर्देशन व्यस्त निर्देशक प्रकाश भट्टले गरेका हुन् । बानियाँकै जलेश्वरी म्युजिक प्रालिले अडियो, भिडियोको प्रस्तुति गरेको छ ।

कलेज लाइफमा भएको माया प्रेम, शंका, आशंका, अविश्वासका कारण हुने झगडालाई गीतको शब्द र भिडियोमा उतारिएको छ । म्युजिक नेपालको युट्युब च्यानलमा शुक्रबार मात्रै अपलोड भएको भिडियो पहिलो दिन नै दश हजार बढिले हेरिसकेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds