इतिहासमै पहिलोपटक नेपाललाई एकदिवसीय मान्यता, पपुवा न्युगिनी विरुद्ध ६ विकेटको जित र हङकङको हार

इतिहासमै पहिलोपटक नेपाललाई एकदिवसीय मान्यता, पपुवा न्युगिनी विरुद्ध ६ विकेटको जित र हङकङको हार

Nepali cricket teem jimbabwe

काठमाडौं, १ चैत –विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ।

आइसीसी विश्व क्रिकेट छनोटअन्तर्गत विहीबार हङकङ नेदरल्याण्डस् सँग पराजित भएसँगै नेपाली टिमले एकदिवसीय मान्यता पाएको हो।

प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको नेपालले एकदिवसीय मान्यता पाउन हङकङले पराजित हुनुपर्ने थियो। नेदरल्याण्डस् सँग ४४ रनले हङकङ पराजित भएपछि नेपाललाई एकदिवसीय बाटो खुलेको हो।

नेपाल ६ विकेटले बिजयी, दिपेन्द्रको अर्धशतक

जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ।

ओल्ड हरारे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा अलआउट हुदै ११४ रनको सामान्य लक्ष्य बनाएको थियो। पपुवा न्युगिनीका लागि चार्लेस एमिनीले सर्वाधिक १९ रन बनाएका थिए। त्यस्तै चाड सोपरले १०, सेसे बउले ११ र किप्लिन डोरीगाले १० रनको योगदान दिए।

पपुवा न्युगिनीलाई सस्तैमा समेटन नेपालका सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४–४ तथा सोमपाल कामी र करण केसीले १–१ विकेट लिए। योसँगै समूह चरणको प्रत्येक खेलमा विकेट लिन सफल सन्दीपले आजको खेलमा ४ विकेट लिदै आफ्नो विकेट संख्या ११ पुर्याएका छन्।

११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रनको योगदान दिए। दिपेन्द्रले ५८ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै आरिफ शेखले ४२ बलमा १ चौकाको मद्दतमा २६ रन बनाए।

नेपालका लागि ओपनिङ ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार शाह ९ रनमा बनाएर आउट भएका थिए। त्यस्तै कप्तान पारस खड्काले २० रनको योगदान दिए।

नेपाल र पिएनजी पछिल्लो पटक सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आबुधाबीमा आमने–सामने भएका थिए। पहिलो खेलमा पिएनजीलाई २ विकेटको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा पनि पिएनजीलाई ३ विकेटको नतिजा सुम्पिएको थियो।

गत महिना नामिबियमा सम्पन्न डिभिजन २ को उपविजेताको हैसियतमा विश्वकप छनोटमा स्थान बनाएको नेपालले जिम्बाब्वेमा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग १ सय १६ रनको फराकिलो हार बेहोरेको थियो। नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले हा¥यो। तेस्रो खेलमा नेपाल चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ