नेप्कम्स्को एजुकेशन सेमिनार शनिबार

नेप्कम्स्को एजुकेशन सेमिनार शनिबार

Flyer  workshop

पोखरा । आउँदो शनिबार पोखरामा ग्राण्ड एजुकेशन सेमिनार २०१८ तथा डिजाइन् योर फ्युचर वर्कशप हुने भएको छ । नेप्कम्स् सर्भिसेज पोखराको आयोजनामा चिप्लेढुङ्गा स्थित दि भिलेज रेष्टुरेण्टको सभाकक्षमा हुने सेमिनारमा कक्षा १२ को परिक्षा दिएर बसेका, व्याचलर र मास्टर्स कोर्ष गर्न विदेश जान चाहना भएका विद्यार्थी सहभागी हुनेछन् ।

सेमिनारमा विभिन्न अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटेर विद्यार्थी तथा अभिभावकहरुले विदेश अध्ययन सम्बन्धी विविध विषयमा जानकारी लिन सक्नेछन् । साथै, विद्यार्थीहरुले अष्ट्रेलिया, यूसए, युके, न्यूजिल्याण्ड अध्ययन सम्बन्धी काउन्सलिङ्ग, विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने स्कुलरसिप, टोफल, आइएलटिस, स्याट जस्ता तयारी कक्षाहरु सम्बन्धी सूचना प्राप्त गर्ने नेप्कम्स पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी दिए ।

सेमिनारमा विद्यार्थीहरुको सफल भविष्य निर्माणको लागि मोटिभेटर दिपेन्द्र पहारीद्वारा डिजाईन योर फ्युचर शिर्षकमा मोटिभेसनल वर्कशप हुनेछ । साथै, त्रिभुवन युनिभर्सिटी, पश्चिमाञ्चल इन्जिनियरीङ्ग क्याम्पसका असिस्टेण्ट प्रोफेसर डा. केशव बस्नेतले आफ्नो नेपाल तथा अमेरिकाको शैक्षिक यात्राको बारेमा अनुभव सेयर गर्ने कार्यक्रम पनि छ । डा. बस्नेत अमेरिकाको दि युनिभर्सिटि अफ आइवा बाट सिभिल इन्जिनियरिङ्गमा पिएचडी गरेर नेपाल फर्केका हुन् । नेपाल तथा विदेशका विज्ञहरुद्वारा विभिन्न प्रस्तुति हुने भएकाले वर्कसपमा सहभागी लाभान्वित हुने आयोजकको विश्वास छ ।

विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट एसेस्मेण्ट, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीले स्कलरसिप प्राप्त गर्न सक्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा विशेष छुटको व्यवस्था गरिएको आयोजक नेप्कम्सले जनाएको छ । विशेष गरी अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।

युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके, थाइल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ ।

म्यानेजर शाहीले भने – ‘हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं । पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा हाम्रो कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ