न्युजिल्याण्डमा पनि नयाँ वर्षको शुभकामना आदानप्रदान

न्युजिल्याण्डमा पनि नयाँ वर्षको शुभकामना आदानप्रदान

navajeeb

पोखरा, २ बैशाख । नेपाली नयाँ वर्ष देश विदेशमा रहेका नेपालीले हर्षोल्लासका स्वागत गर्दै मनाएका छन् । न्युजिल्याण्डको राजधानी वेलिङटनमा पनि नेपाली समाज वेलिङटनको आयोजनामा त्यहाँ स्थित नेपालीहरुबीच नयाँ बर्ष २०७५ को शुभकामना आदान प्रदान गरिएको छ ।

नेपाली साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको सदस्य नवजीव ढुंगानाले जानकारी दिए । नेपाली नयाँ वर्षको प्रचारसँगै नेपालीबीच एकता र सद्भाव विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई सय भन्दा बढी नेपाली, न्युजिल्याण्डका उच्च पदस्थ व्यक्तित्व र विदेशी सहभागि थिए । कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लसले नेपालीहरुले न्युजिल्यान्डको विकासमा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

त्यस अवसरमा समाजलाई सहयोग गर्नेलाई सम्मान र खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो । नेपाली समाज वेलइंगटनका अध्यक्ष त्रिभुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य नवजीव ढुंगाना र नबिना कार्कीले संचालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ