न्युजिल्याण्डमा नेपालीहरुको खेलकुद महोत्सव शुरु

न्युजिल्याण्डमा नेपालीहरुको खेलकुद महोत्सव शुरु

newz (1)

न्युजिल्याण्ड । पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइको मुलुक बन्यो न्यूजिल्याण्ड । वर्षेनी हजारौं विद्यार्थी त्यहाँ पुग्ने गरेपछि अहिले त नेपालीको चहलपहल पनि बढ्दै गएको छ ।

न्युजिल्याण्डमा रहेका नेपालीहरुलाई लक्षित गरी न्युजिल्याण्ड नेपाल सोसाईटीको आयोजनामा शनिबारबाट खेलकुद महोत्सव शुरु भएको छ । न्युजिल्याण्डको अकल्याण्डमा शुरु भएको महोत्सवमा पहिलो हप्ता क्यारमबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लगभग ४० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा किड्स तर्फको खेलमा मनित केसी र अर्पित अर्याल प्रथम भएका छन् । आरोन श्रेष्ठ र कमल खरेलले दोस्रो स्थान हात पारे ।

यसैगरी, महिला तर्फ रुपा थापा र सुस्मा फुँयाल प्रथम बने भने दोस्रो मिना पौडेल र नोरिका ताम्राकार भएका छन् । वयस्क तर्फ प्रथम स्थान प्रमोद देवकोटा र इन्दु श्रेष्ठले प्राप्त गरे । गणेश बजगार्इं र बिक्रम फुँयालले दोस्रो स्थानमा चित्त बुझाए ।

महोत्सव अन्तर्गतका प्रतियोगिता हरेक हप्ता आयोजना हुने न्युजिल्याण्ड नेपाल सोसाईटीका सहसचिव प्रयाश क्षेत्रिले बताए । प्रतियोगिता हरेक बर्ष आयोजना हुदै आएको छ । नेपाली समुदाय बीच परिचय र मित्रता बढोस् भन्ने उदेश्यका साथ खेलकुद महोसव आयोजना गरिएको सोसाईटीका अध्यक्ष दिनेश खड्काले बताए ।

अब सेप्टेम्बर ८ र १५ तारिखमा ब्याडमिनटन प्रतियोगिता, सेप्टेम्बर २२ मा चेस, २९ मा फुटसल र अक्टोबर ६ मा टेबल टेनिश हुँदै खेलकुद महोसव समापन हुने खड्काले जनाए । सोसाईटीले समय समयमा नेपालीहरुलाई लक्षित गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ