नेपालमै सबैभन्दा धेरै शाखा भएको ‘एनआईसी एशिया बैंक’ अब लेकसाइडमा पनि

नेपालमै सबैभन्दा धेरै शाखा भएको ‘एनआईसी एशिया बैंक’ अब लेकसाइडमा पनि

nic (1)

पोखरा । नेपालमै सबैभन्दा धेरै संख्यामा शाखा विस्तार गरेको एनआईशी एशिया बैंको शाखा विस्तारको क्रम रोकिएको छैन । बैंकले शाखा थप्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका ६, लेकसाइडमा समेत सोमबारबाट सेवा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहकाबीच शाखा उद्घाटन गरे । देशभर २ सय १० शाखा कार्यालय, २ सय एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर र ६ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले सेवा प्रदान गर्दै आईरहेको छ । मुलुककै सबैभन्दा ठुलो शाखा संजाल भएको बैंक एनआइसी बन्न सफल छ । बैंकप्रति आम जनमानसको माया, विश्वास र भरोसा बढिरहेको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले बताए ।

वासलतको आकार १५८ अर्ब भन्दा धेरै पुगेको छ । बैंकको कुल कर्जा करिव ११० अर्व र कुल निक्षेप करिव रु १३४ अर्व पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । यससँगै वासलत, कुल कर्जा र कुल निक्षेपको आकारको हिसावले निजी लगानीमा स्थापित बैंक मध्य अग्रणी स्थानमा रहेको पाण्डेले बताए ।

साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको उनले जानकारी दिए । बैंकले देशका अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने योजना सहित अघि बढेको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन व्यवसायी गणेश भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैंकका पब्लिक रिलेशन अफिसर अर्जुन खनियाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ