उत्तर कोरियाली समुहले एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरेको खुलासा

उत्तर कोरियाली समुहले एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरेको खुलासा

1683130359swift

एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ ।

सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग(यो ।

यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ ।

यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’
ह्याकर समूहले एनआइसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन ।

प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लिइसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ