राति ११ बज्न नपाउँदै सटर बन्द गर भन्ने प्रहरी । आईजीले भनेझैं पोखरा रातभर खुल्छ त ?

राति ११ बज्न नपाउँदै सटर बन्द गर भन्ने प्रहरी । आईजीले भनेझैं पोखरा रातभर खुल्छ त ?

Sarbendra Khanal

पोखरा । लेकसाइडमा केहि ठाउँ मात्र हो राति २ बजेसम्म खुल्ला हुने, नत्र ११ बजिनसक्दै होटल, रेष्टुराँ, पसलको सटर बन्द गर्न प्रहरी दबाब दिँदै आउँछ । पर्यटकीय नगरी पोखरा राति सुत्छिन् । राति कुनै मानिस पोखरा आए भने उसले होटल पाउन मुस्किल छ । कारण, पोखरा चौबिसै घण्टा खुल्दैन ।

आइतबार प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले पोखरा पर्यटकीय शहर भएका कारण रातभरि चल्नुपर्ने समेत बताए । उसो त, व्यवसायीको साथ मिले प्रहरी सुरक्षाका लागि तयार रहेको यसअघिका एसपी अशोक सिंहले समेत बताउँदै आएका थिए । के अब पोखरा चौबिसै घण्टा जागा होला त ? आईजिपी खनालले पोखरामा गड्गडाहट तालीका बीच यो पनि भने – ‘गुण्डा गर्दी गर्नेलाई हो पक्राउ गर्ने, तर व्यवसायीलाई व्यवसाय गर्न दिनुस् । व्यापार व्यवसाय बढे राज्यको कर बढ्छ, राज्य समृद्ध भए शान्ति सुरक्षामा कमी आउँछ ।’

प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई कुनै पनि आपराधिक गिरोहसँग साठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने पनि बताए । पोखरामा लागुऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक सहायता कक्षको उद्घाटन गर्दै पहिले नागरिकका काम गर्नु पर्ने बताए ।

उनले अपराधिक गिरोह, गुन्डागर्दीसगँ मिलेर काम गरेका पाएमा दुई दिन हैन, प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने बताए । ‘नेपाल प्रहरी कुनै आपराधिक साँठगाँठ गर्न सक्दैन, आपराधिक गिरोह सगँ मिल्न सक्दैन’ महानिरीक्षक खनालले भने —‘चाहे त्यो एसपि होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस्, तत्कालै कार्वाही हुन्छ ।’

खनालले नागरिकका काम कुनै सोर्सफोर्सका र राजनीतिक आधारमा नभई नियमानुसार गर्न प्रहरी निकायलाई निर्देशन दिए । ‘नागरिकका काम कुनै ठुलो वा राजनीतिक दलको सिफारीसका आधारमा हैन’ उनले भने—‘निमुखा नागरिकको काम कुनै भनसुन नगरी नीति र नियम अनुसार गर्नुपर्दछ ।’ उनले जुन प्रहरीले भनसुनका आधारमा काम गर्दैन त्यसलाई अरुले भन्न पनि छाड्ने गरेको अनुभव सुनाए । उनले लागुऔषधलाई देशभर अभियानका संचालन गरेर न्युनिकरण गर्ने बताए । कास्कीमा लागुऔषधको क्षेत्रमा राम्रो काम भएको भन्दै त्यसै गरी अन्य ठाउँमा पनि गर्नुपर्ने बताए ।

भिडियोः

फोटो/भिडियोः जक्सन डटकम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ