असोज २ गते मंगलबार बन्द आह्वान गरिएको छैनः नेकपा (विप्लव)

असोज २ गते मंगलबार बन्द आह्वान गरिएको छैनः नेकपा (विप्लव)

no banda

अनाधिकृत रुपमा संचालन भइरहेका ब्लगहरु र केहि फेसबुक पेजहरुले असोज २ गते मंगलबार नेपाल बन्द रहेको गलत हल्ला फैलाइरहेको बेला विप्लव नेतृत्वले भने बन्द घोषणा नगरेको जनाएको छ ।

उसो त, माओवादी पूर्व जनमुक्ति सेना नेपाल पार्टीको नाममा फैलिएको विज्ञप्ती पनि आधिकारीक पुष्टि हुन सकेको छैन, । निकै ठूला र भद्धा अक्षरमा फेक देखिने गरी अशुद्ध वाक्यहरुमा बन्द सम्बन्धी विज्ञप्ती भाइरल बनाएर बन्द हल्ला व्यापक भइरहेको छ । यद्यपी, विज्ञप्तीमा प्रकाण्डको रिहाइ लगायत नेकपाकै जस्तो गरी केहि विषय समेटिएका छन् ।

बिप्लव नेतृत्वको नेकपाका एक जना नेताले भने असोज २ गते मंगलबार आफूहरुका बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । बन्दका कारण अन्योलमा परेका बेला ति नेताले भने आफूहरुको बन्दको कार्यक्रम नभएको बताए ।

उनले आफ्ना पार्टीका नेता प्रकाण्डमाथि यस्तो गतिविधि जारी रहे अब चुप लागेर बस्ने स्थिति नभएको चेतावनी समेत दिँदै सम्झाइरहन जरुरी नभएको बताए । साथै, आफूहरुमाथि धरपकड जारी रहे धैर्यताको बाँध टुट्ने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ