लेकसाइडमा शुक्रबार र शनिबार साँझ ५ देखि राति १ बजेसम्म सवारी रोक

लेकसाइडमा शुक्रबार र शनिबार साँझ ५ देखि राति १ बजेसम्म सवारी रोक

rajib

गण्डक न्युज पोखरा, ९ चैत / पोखराको लेकसाइड क्षेत्रमा अबदेखि शुक्रबार र शनिबार साँझ पछि सवारी चलाउन नपाईने भएको छ । सो क्षेत्रमा सवारी साधन निषेधित (नो भेइकल जोन) शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार र शनिबार साझ ५ बजेदेखि राति १ बजेसम्म सो क्षेत्रमा सवारी चलाउन पाईने छैन ।

पोखरा लेखनाथ महानगरपालिका, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र लेकसाइड लगायतको पहलमा लोकसाइडको बाराही चोकदेखि हल्लनचोक सवारी साधन निषेध क्षेत्र घोषणा गरिएको हो । प्रदेश सांसद राजिव पहारीसंगै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले नो भेईकल जोन कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रदेश सांसद पहारीले लेकसाइडलाई सवारी साधन क्षेत्र बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताए । यसले लेकसाइडका व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने बताए । ‘सवारी साधन निषेध क्षेत्र पर्यटन संग जोडिएको कारण पोखरा फोवाताल जोगाउन नसके पर्यटन व्यवसायी धराशायीमा पर्नेछन् । – उनले भने –‘फेवाताल संरक्षणको लागि जनताहरुबाटै कोष स्थापना गर्नुपर्ने छ । फेवातालबाट राज्यले जति आम्दानी गर्न सफल भएको छ, त्यसको कम्तिामा पनि ५० प्रतिशत रकम फेवाताल संरक्षण र पर्यटन पुर्वाधारमा विकास गर्नु पर्छ । ”

फेवाताल संरक्षणमा सरकारले कम्तिमा पनि २५ करोड बजेट विनियोजना गरी समयमै प्राकृतिक र मानव अतिक्रमणबाट बचाउनु पर्ने उनको जोड थियो ।  उनले फेवाताल जोगाउनको लागि स्थानीय सरकार प्रदेश सरकार, केन्द्रीय सरकार मिलेर अगाडी बढनुपर्ने बताए । उनले फेवातालमा, प्रदुषण,  अतिक्रमण भएको बताए । उनले फेवाताल संरक्षणको लागि विभिन्न उपसमितिहरु बनाएर अगाडि बढनुपर्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सवारी साधन निषेध गर्न योजनालाई महानगपालिकाले सकरात्मक भूमिका खेल्ने बताए । उनले सवारी निषेध योजनालाई टिकाउनुपर्ने भन्दै निषेध क्षेत्रमा पार्किङ गर्नको लागि स्थानको व्यवस्था गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले सवारी निषेध क्षेत्रले पर्यटन संगै आर्थिक क्षेत्रमा पनि राम्रो हुने बताए । लेकसाइडलाई हरेक दिनसवारी निषेध क्षेत्र बनाउन पनि आफूहरु सहयोगी हुने उनको भनाई छ ।

पहिलो चरणमा हल्लनचोकदेखि बाराहीचोकसम्मको एक किलोमिटर र पछि सहिद चोकसम्मै र अरु बार पनि नो भइकल बनाउने विषयमा समीक्षा गरेर अगाडि बढ्ने योजना रहेको छ । शुक्रबार लेकसाइडको बाराही चोक देखि हल्लनचोक सम्म जनप्रतिनिधी, प्रहरी, स्थानीय आमा समूहले बाजा गाजा सहित र्याली समेत निकालेका थिए ।

सांसद राजिव पहारीले दिए दुई महिनाको तलब ८० हजार फेवाताललाई

सांसद पहारीले आफ्नो दुई महिनाको तलब ८० हजार रुपैंया हस्तान्तरण समेत गरे । उक्त रकम बराबरको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एंव नो भईकल जोनका कार्यक्रम संयोजक जगत बहादुर पहारीलाई उनले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ