यी हुन् आठ विधामा पल्सर स्पोर्टस् अवार्ड जित्ने खेलाडीहरु, पारस उत्कृष्ट खेलाडी

यी हुन् आठ विधामा पल्सर स्पोर्टस् अवार्ड जित्ने खेलाडीहरु, पारस उत्कृष्ट खेलाडी

all

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’ भएका छन्। इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्द लगायत दिपेश धामी(ब्याडमिन्टन), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्की पारससँगै मनोनयनमा परेका थिए।

नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। पारस विश्व क्रिकेट लिग डिभिजन टू मा १ शतक र १ अर्धशतक प्रहार गर्दै प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी हुन्।

मनोनयनमा परेका सम्पूर्ण खेलाडीहरु :

पारस खड्का, क्रिकेट
–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान
–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी
–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक
–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान

दीपेश धामी, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली
–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक
–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक

सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

इन्द्र बहादुर श्रेष्ठ, जुडो
–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक
–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी
–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

टंक बहादुर कार्की, गल्फ
–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता

ब्याडमिन्टकी शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी

ब्याडमिन्टनकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्।

उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा दोस्रो स्थान हासिल गरेकी थिइन्।

मनोनयनमा परेका सम्पूर्ण खेलाडीहरु :

विमला श्रेष्ठ, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिपमा सहभागि

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँग मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

ज्ञानु अवाले, आर्चरी
–दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप, बंगलादेशमा तिलक पुन मगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक
–३ पल्ट राष्ट्रिय कीर्तिमान
–लक्ष्मण श्रेष्ठ स्मृति इन्डोर च्याम्पियनसिपमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा रजत पदक

सावित्रा भण्डारी, फुटबल
–मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल
–प्रधान सेनापति कपमा एपीएफलाई च्याम्पियन बनाउदा ५ खेलमा २८ गोल । मध्यमाञ्चल विरुद्ध १२, पश्चिमाञ्चल विरुद्ध ८, सुदूरपश्चिम विरुद्ध ५, आर्मी विरुद्ध १, पुलिस विरुद्ध २ गोल
–अन्तर जिल्ला राष्ट्रिय फुटबलमा स्याङ्जाको क्वाटरफाइनल यात्रामा १० गोल
–माल्दिभ्सको फुटसल लिगमा उत्कृष्ट प्रदर्शन

नविता श्रेष्ठ, टेबलटेनिस
–वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक
–कीर्तिमानी सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन
–पूर्णमान बज्राचार्य स्मृति, ठमेल ओपन च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा सफलता

क्रिकेका टमाटा उत्कृष्ट प्रशिक्षक

नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर २०७४ वर्ष उत्कृष्ट प्रशिक्षक भएका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्।

मनोनयनमा परेका सम्पूर्ण प्रशिक्षकहरु :

जगत टमाटा, क्रिकेट
–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्ष्ँक
–आईसीसी विश्वकप छनोटमा आठौं स्थान
–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता
–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित

विनोद दास, क्रिकेट
–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्ष्ँक
–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्ष्ँक
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हु“दाका प्रशिक्ष्ँक

छिरिङ लोप्साङ गुरुङ, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्ष्ँक
–मनाङ मस्र्याङदी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्ष्ँक
–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता

प्रकाश थापामगर, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक
–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक

जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक
–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक

सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी

नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। सन्दीपको अनुपस्थितिमा प्रशिक्षक विनोद दासले अवार्ड ग्रहण गरे ।

सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।

मनोनयनमा परेका सम्पूर्ण खेलाडीहरु :

सन्दीप लामिछाने, क्रिकेट

–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड

दीपेन्द्रसिंह ऐरी, क्रिकेट

–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान
–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल
–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको
–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्र्धशतक बनाएर म्यान अफ द म्याच भएका

मनिता श्रेष्ठ प्रधान, जुडो

–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक ।
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

पुनम रावल, बक्सिङ

–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि

टेबलटेनिसका स्यान्टुलाई ‘पिपुल्स च्वाइस अवार्ड’

क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।

कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरिन्।

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा यस विधाको विजेता छनोट भएको थियो।

फुटबलर अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

मञ्चले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको १५ औं संस्करणको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डको अवसरमा केसीलाई सम्मानित गरेको हो ।

आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी फुटबलर थिए । फुटबलसँगै क्रिकेटमा पनि अशोकको प्रभाव उत्तिकै थियो । काठमाडौं खेल मण्डलको टोलीबाट उनी ब्याट लिएर क्रिजमा उत्रिँदा होस वा आफ्नो टिमबाट फुटबलको मैदान उत्रिँदा विपक्षीमात्र होइन, समर्थक पनि कायल हुन्थे । क्रिकेट र फुटबलमा हथौडी उत्तिकै अब्बल भएपनि उनमा फुटबलमै बढी लगाव रह्यो । गोलकिपरवाहेक सबै १० पोजिसनमा उत्तिकै खरो प्रदर्शन गर्न सक्ने भए पनि चाचाजीको दख्खल गोल गर्नमा बढि थियो । बाइसाइकल किकबाट गोल गर्नेमा त महारथ नै प्राप्त थियो ।

काठमाडौंको टेबहालमा जन्मे हुर्केका केसीको दैनिकी टुँडिखेलमा फुटबल खेलेर सुरु हुन्थ्यो । झमक्क साँझ नपरेसम्म त्यहाँको धुलो उडाएरै दैनिकीले विराम पाउथ्यो । वाल्यकालमा अझ ठूलाहरुले खेल्दा आफू पोस्टपछाडि बसेर आउट भएको बल हान्दै केसीको फुटबल करियर सुरु भएको थियो । टुँडिखेलको धुलोमा नजानिकनै सुरु भएको करियरले उनलाई देशकै धुरन्धर स्ट्रइकरको दर्जासम्म पुर्यायो । यसक्रममा उनी एनआरटी हुँदै तत्कालिन महारथी ब्वाइज युनियन र नेपाल पुलिस क्बलको मुख्य खेलाडीका रुपमा रहे । घरेलु फुटबलमा उनले गोल नगरेका कुनै प्रतिद्धन्द्धी र खेल हुँदैनथे । १८ वर्षको करियरमा नजितेका उपाधि पनि केही थिएनन् ।

राष्ट्रिय टोलीमा पहिलो पुस्ताका खेलाडी केसीले १९८२ मा भारतमा भएको एसियाली खेलकुदमा भाई पुस्तासँग पनि खेले । नेपालले खेलेको पहिलो आधिकारिक प्रतियोगितामा उनको भूमिका रक्षकका रुपमा विपक्षीका आक्रमण जोगाउने थियो । आक्रमणको धार आफैमा तेजिलो भए पनि उनले रक्षकको भूमिकालाई पुर्ण रुपमा न्याय गरेका थिए ।

नेपाल पुलिसको टिमबाट खेल्दा एकपटक दोहोरो ह्याट्रिक गरेको खेल र क्रिकेटमा केकेएमबाट ९६ रन बनाउँदाको क्षण भने उनको मानसपटलमा अझै उत्तिकै गाढा छ ।

डिप्रेसनले स्मरणशक्ति गुमाए पनि उनले फुटबल हान्ने कला विर्सेका छैनन् । कसरी हान्नुपर्छ भनेर सिकाउन विर्सेका छैनन् । आखिर फुटबल त उनको दिमागले रोजेको खेल थिएन । मनले रोजेको थियो । रतगमै फुटबल थियो । रगतमा सधै बगिरहने चिज दिमाग कमजोर हुँदैमा कसरी विर्सनु । त्यसैले अहिले सबथोक भुल्दा पनि केसीले एन्फा एकेडेमीको सातदोबाटो मैदान जान विर्सेका छैनन् । मुटु, उच्च रक्तचाप, सुगर, डिप्रेसनलगायत थुप्रै रोगले थलिएका उनको मुटुको शल्यक्रिया भएको धेरै भएको छैन । डाक्टरले दौडधुप नगर्नु भनेका छन् । तर सातदोबाटो गएर वच्चाहरुलाई फुटबल नसिकाई मन मान्दैन । नियमित पुगिरहन्छन् । रोगले थलिएको ६४ वर्षको शरिर पनि फुटबल मैदान र खेलाडी देखेपछि केटौलो हुन्छ । अचिभेमेन्ट अवार्डसँगै उनले ५० हजार रुपैया र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

क्रिकेटर करण केसीलाई स्पेशल अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ ।

वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको हो । करणले गत माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

६ टोली सहभागि प्रतियोगिताको फाइनल पुग्न सके नेपालले अर्को वर्ष हुने विश्वकप छनोट खेल्न पाउथ्यो । अन्तर्राष्ट्रिय स्तरमा अरु धेरै अवसरका ढोका खुल्थे ।

सुरुआत गतिलो नहुँदा फाइनल पुग्ने अभियान धर्मराएको थियो । समूहको अन्तिम खेलमा विपक्षी थियो, क्यानाडा । क्यानाडाले पहिला ब्याटिड गरेर १ सय ९४ रन बनाइसकेको थियो । ब्याटिडमा सधै कमजोर भनिएको नेपाललाई १ सय ९५ रनको लक्ष्य सगरमाथाझै अग्लो थियो । अझ ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गएपछि नेपालको लक्ष्य असम्भवझै देखिन थाल्यो । किनकी लक्ष्य पाउनका लागि पुछारका दुई ब्याट्सम्यानबाट अविजित ५१ रनको साझेदारी हुनुपथ्र्यो । करणले त्यस्तै इनिङ्स खेले । असम्भव झै देखिएको त्यो लक्ष्यप्राप्तीको बाटोमा नेपालको रथ हाँकिरहेका थिए, करण केसी र सन्दीप लामिछानेले तैपनि १० नम्बरमा ब्याटिड गर्न आएका अलराउन्डर करणले खेल जिताउनेमा धेरैले आशा गरेका थिएनन । तर करणमा त्यो खुबी थियो । ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर उनले आफ्नो खुबी प्रमाणित गरे । नेपाललाई जित दिलाए ।

त्यो जित नेपालका लागि फगत एउटा खेलको जित थिएन । त्यही जितले नेपाललाई कम्तिमा प्रतियोगिताको उपविजेता बनाउँदै विश्वकप छनोट प्रतियोगिता खेल्न लायक बनाएको थियो । इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटोमा सुखद मोड दिएको थियो । त्यसैले त्यो दिन, त्यो खेल करणका लागि विशेष थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि विशेष थियो । नेपाली क्रिकेटका लागि विशेष थियो । नेपाली खेलकुदका लागि विशेष थियो । पूरा देशकै लागि विशेष बनेको थियो ।

हिमाललाई ‘पारा एथलिट अफ दी इयर’

ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेट टिमका कप्तान तथा नेपाली सेनाका हिमाल अर्याल पारा एथलिट अफ दि इयरबाट सम्मानित भएका छन् ।

२०६० साल कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा माओवादीको एम्बुस आक्रमणमा परेर मेरुदण्ड गुमाएपनि आफ्नो साहस नगुमाएका उनी अन्तत पारा खेलमा उदाउदै नेपाली खेलकुदलाई माथिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जसको नतिजा उनलेमात्र नभई सम्पूर्ण देशले पाउन थालेको छ ।

अपांगता भएका नागरिकलाई जीवनप्रतिको उत्साह संचार गराउन सफल भएका छन् । उनी नेपाली ह्विलचेयर बास्केटबल र क्रिकेट टिमका कप्तान हुन् । पावर लिफ्टिडका पनि उनी खेलाडी हुन् । वर्ष २०७४ मा नेपालले घरेलु मैदानमा दक्षिण एसियाली ह्विलचेयर बास्केटबल र क्रिकेटको उपाधि जित्दा हिमाल टिमका कप्तान थिए । नेपाली सेनाको ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीलाई पनि उनले कप्तानको हैसियतमा राष्ट्रिय च्याम्पियन बनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ