ओलीले भने- ‘पुष्पलाल जीवित हुन्थे भने आज खुसीले नाच्थे’, प्रचण्डले अाँखाभरि आँसु बनाए

ओलीले भने- ‘पुष्पलाल जीवित हुन्थे भने आज खुसीले नाच्थे’, प्रचण्डले अाँखाभरि आँसु बनाए

Oli-and-Prachand

नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ‌ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठ जीवित थिए भने बाम एकताको यो अवसरमा खुसीले नाच्ने बताएका छन्।

पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै ओलीले बिहीबार साँझ भने- ‘आज पुष्पलाल श्रेष्ठ जीवित हुनुहुन्थ्यो भने नाच्नुहुन्थ्यो खुसीले।’

उनले अर्का सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर दुई जनाले पार्टीको नेत‍ृत्व गर्ने बताए। यता प्रचन्डले अक्सिजन र हाइड्रोजन मिलेर पानी बनेजस्तै अब एमाले र माओवादी पानी भएको र अक्सिजन र हाइड्रोजनको अस्तित्व समाप्त भएको बताए।

ओलीले भने, ‘बोल्दा प्रचण्डजीको त गलामात्र अबरुद्ध भयो, यदि पुष्पलाल जीवित हुन्थे भने खुसीले नाच्थे होलान्।’

दाहालले अाँखाभरि आँसु बनाए

 पार्टी एकता घोषणा सभामा बिहीबार साँझ बोल्दै एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए।

उनले मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता भएको उल्लेख गर्दै आफूलाई गर्व भएको बताए।

उनले आफूले प्रधानमन्त्रीलाई एकता महत्वपूर्ण हुने ऽभनी अघिल्लै दिन भनेको पनि दाहालले स्मरण गरे।

एकताको महत्व आफूले शब्दमा बयान गर्न नसक्ने पनि उनले बताए। ‘यो अति नै ठूल्ठूला कुराले पनि पूरा हुन्न,’ उनले भने, ‘यो एकता अर्थपूर्ण र बहुआयामिक छ।’

उनले आजको दिन २०४६ सालपछिको सबै कम्युनिस्ट एकै ठाउमा आउन् भन्ने मान्यता पूरा भएको पनि बताए। ‘त्यो जनाअन्दोलनले माले र मार्क्सवादीहरु मिलेका थिए,’ उनले भने।

फेरि मदनलाई सम्झिन चाहन्छु भन्दै उनले मदनले अघि बढएको आन्दोलन र अरु थुप्रै उतारचढावपछि यहाँ आइपुगेको बताए। ‘अब मुलुक अस्थिरतामा धकेल्न हुन्न भनेर नै आफूले एकता गरेको हो,’ उनले भने। ‘साँच्चिकै यो एकता हुन्छ त भन्ने धेरै थिए। केही उतारचढाव हुनु स्वाभाविक थियो र भयो। तर, एकताका लागि पुल भत्काइसकेका थियौँ,’ उनले सम्झिए।

उनले ओलीले खुट्टा काटेर जुत्ता लगाउनुपर्छ भनेको समेत स्मरण गरे। ‘अब यो पार्टीले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने छ,’ उनले भने।

‘कति पनि हामी त्यसबाट बिचलित हुने छैनौं। आजको दिन संकल्प लिनैपर्छ आदर्शको लागि। २१ सौँ शताब्दी बुझ्ने पार्टी यो हुनुपर्छ। तर सत्ता गएपछि स्खलित हुनुपर्छ,’ उनले भने।

उनले ६० नाघेका आफूजस्ता नेताले धेरै गरेको उल्लेख गर्दै उसबेला आफू मर्न पाइन भन्नेमा झगडा हुनेसमेत स्मरण गरे। ‘म मर्न पाइन भन्नेमा झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ भन्नेमा झगडा हुन्छ,’ उनले भने।

उनले त्यसो भन्दे एक छिन रोकिए। उनको आँखाभरि आँसु थियो।

उनले गला अबरुद्ध बनाउँदै भने, ‘जनताले राम्रो काम गर्ने अवसर दिए र त्यो जसरी पनि पूरा गर्नु पर्छ। बिभाजन भोगेर आएको हामी अब एक हुनै पर्छ। मेरै आफ्नो कुरा निरन्तरतामा क्रम भग गरिन।’

त्यसपछि उनी फेरि रोकिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ