हेटौंडाको ओ-म्याक्स सिनेमा हलमा आगलागी, करोडौंको क्षति (फोटो फिचर)

हेटौंडाको ओ-म्याक्स सिनेमा हलमा आगलागी, करोडौंको क्षति (फोटो फिचर)

aaglagi-hetauda

राजकिरण छत्कुली, मकवानपुर । हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।

बिहानैदेखि आगलागी भएकोमा मध्यान्ह पछि बल्ल नियन्त्रणमा आयो । । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले आगो नियन्त्रणमा ल्याएको हेटौंडाका सतिश अधिकारीले जनाए ।

आगोले दुई तले भवन ध्वस्त बनाएको छ । करोडौंको क्षति भएको अनुमान गरिएको छ । विद्युत्त सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सिनेमा हलका सञ्चालक नरेन्द्र महर्जन हुन् । उनी चलचित्र विकास बोर्डका सदस्यसमेत हुन् । १० वर्ष अघि थ्रीडी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा उनले सो हल निर्माण गरेका हुन् ।

तस्विरः फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ