ओमराज पौडेलको अन्तिम पत्र सार्वजनिक, चितवनकी महिलाले किन गरिन् ६८ पटक फोन ?

ओमराज पौडेलको अन्तिम पत्र सार्वजनिक, चितवनकी महिलाले किन गरिन् ६८ पटक फोन ?

about paudel

पोखरा । महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको हप्तादिनपछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । शनिबार बिहान महानरपालिकाले जिल्ला प्रहरीको रोहबरमा पत्र सार्वजनिक र्गयो ।

पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’

पत्रसँगै पौडेलले आफ्नो मोबाइल, सिक्री र औंठी छाडेका छन् । पौडेलले लेखेको उक्त पत्र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानामगरले पढेर सुनाएका थिए । पौडेलको स्थिति पत्ता लगाउन प्रहरीलगायत सम्पूर्ण संयन्त्र क्रियाशील रहेको जनाउँदै उनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाए ।

प्रहरीका अनुसार बेपत्ता रहेको पौडेलको केही महिलासँग रहस्यमय सम्बन्ध भएको अनुमान छ । बेपत्ता हुनु अघि पौडेलको फोन र एसएमएसको डिटेलले ३ जना महिलासँगको सम्बन्ध ‘शंकास्पद’ भएको प्रहरीले जनाएको छ ।

पौडेलको मोबाइल नम्बरमा बारम्बार सम्पर्क गर्ने मोबाइल नम्बरको बारेमा अनुसन्धान गरिरहेको छ । बारम्बार पौडेलको मोबाइलमा सम्पर्क गर्ने एक महिला र २ पुरुष भएको प्रहरीले बताएको छ । चितवन निवासी महिलाले ६८ पटकसम्म पौडेलको मोबाइलमा मिसकल गरेको देखिएको छ । तर, हाल उक्त मोबाइलको स्वीच अफ रहेको प्रहरीको भनाइ छ । पोखरा छोरेपाटनका एक पुरुष र झापाका अर्का एक पुरुषले अघिल्लो दिनदेखि घट्ना घटेको दिनसम्म पनि बारम्बार सम्पर्क गरेको रेकर्ड भेटिएको छ । यी बाहेक अन्य केही मोबाइल नम्बरलाई पनि प्रहरीले निगरानी गरेको छ ।

कास्की प्रहरी प्रमुख रानामगरले उक्त फोन र एसएमएसबारे छिट्टै सार्वजनिक गर्ने बताएका छन् । पौडेलको पत्रमा राजनीतिक र मानसिकरुपमा नगरपालिका र मेयरबाट कुनै टर्चर दिएको उल्लेख गरिएको छैन ।

नेपाली कांग्रेस कास्कीले विज्ञप्तीमार्फत पौडेल बेपत्ता हुनुमा महानगरपालिकाका मेयर लगायत कम्युनिष्ट पार्टीलाई दोषारोपण गरेपछि मेयर मानबहादुर जिसीले खण्डन गरेका छन् । मेयर जिसीले भने, ‘अनावश्यक लाञ्छना लगाउने र घटनालाई राजनीतिक रंग दिने काम बन्द गरौं ।’

सेतीमा हामफालेको प्रहरी निष्कर्ष, पौडेलको खोजी सेतीमा केन्द्रित

कास्की प्रहरीले पौडेलको खोजी सेती नदी र त्यसको आसपासमा केन्द्रित गरेको छ । पोखराको महेन्द्रपुलबाट एक जना व्यक्ति सेती नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएको र घट्नाको प्रकृति र पौडेलले घरमा लेखेर छाडेको नोटका आधारमा सेतीमा हामफालेको आशंकामा सेती नदी वरपर प्रहरीले खोजी केन्द्रित गरेको हो । महानगरपालिकाले पौडेलको खोजीमा भएका काम बारे जानकारी गराउन अनुरोध गरेपछि महानगरको पत्रकार सम्ेमलनमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले डिजिटल प्रस्तुति राखेका थिए ।

असार ९ गते बिहान सवा ५ बजे पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा समेत देखिएको छ ।

https://www.facebook.com/gandaknews/videos/848021495390104/

तर, पुलपारी रहेको श्रीकृष्ण राइस मिलको सिसिक्यामेरामा पौडेल देखिएका छैनन् । पत्रकार भेटघाटमा सिसी टिभी फुटेज देखाउँदै कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले पौडेल चोकबाट पुलसम्म गएको देखिएको र पछि फर्किएको नदेखिएकाले हामफालेको हुनसक्ने बताए । उनले घरबाट बिहान ५ बजे हिँडेको र त्यहाँ सवा ५ बजे आएर पुलतर्फ जानु र हामफालेको देख्ने प्रत्यक्षदर्शी समेत भेटिनु तथा हामफाल्ने व्यक्तिको हुलिया समेत पौडलसँग मिल्नु संयोग मात्र नभएको गुरुङले बताए ।

पौडेलको खोजी र घटनाको बारेमा अनुसन्धान गर्न डिएसपी रवीन्द्रमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति असार १० गते गठन गरिएको एसपी रानाले जानकारी दिए । रानाले कास्की मातहतका युनिटको साथै तनहुँ र चितवन प्रहरीलाई समेत खोजीका लागि पत्राचार गरिएको बताए । उनले पौडेलको खोजीमा संघीय प्रहरी इकाइ र प्रदेश नम्बर ४ प्रहरी कार्यालयले समेत चाँसो दिएको बताए ।

असार ९ गते नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले सेतीका विभिन्न भागमा खोजी गरेको र खोजी कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए ।

तस्विरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds