न्वारान गरेरै पाडोको नाम ‘संविधान’, अब राँगो बन्दा समेत यसलाई नकाटिने !

न्वारान गरेरै पाडोको नाम ‘संविधान’, अब राँगो बन्दा समेत यसलाई नकाटिने !

pado

रमाईलो खबर छ । भैंसी ब्याएर पाडो जन्मिदाँ न्वारान गरिएको छ र नाम राखिएको छ संविधान ।

पोखरा महानगरपालिका ३० खुदीमा भैंसीले जन्माएको एउटा पाडोको नाम नै संविधान राखिएको हो । स्थानिय सरोज भुर्तेलको गोठमा संविधान दिवसको दिन पाडो जन्मिएकोले नाम संविधान राखिएको बताईन्छ ।

बुधबार जन्मिएको पाडोको धार्मिक विधीअनुसार पूजा गरी न्वारन समेत गरिएको थियो । धार्मिक प्रचलनअनुसार नै पाडोको नाम संविधान राखिएको भुर्तेल बताउँछन् ।

उनले देशमा संविधान वनेर मानव मात्रै नभई पशुबधलाई समेत रोक्न पुजाआजा सहित पाडोको न्वारन गरिएको बताए । अब यो पाडो राँगो बनिसकेपछि पनि पक्कै नकाटिएला, पशुबध रोक्न नै यो कार्य गरेको घरधनीले बताएपछि ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ