एक हप्ता बित्दा समेत पहिचान खुलेन

एक हप्ता बित्दा समेत पहिचान खुलेन

sarangkot-e1528948871171

पोखरा । पोखराको सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेको छैन । जेठ २३ गते सराङकोट स्थित देउराली घुम्ति नजिक सडक किनारमा शव भेटिएको थियो । अन्दाजी २५-३० बर्षजस्तो देखिने महिलाको शव अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थल र शवको प्रारम्भीक अनुसन्धान गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । गहुँ गोरो वर्णकी मझौला शरिरकी महिलाले घाँटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते लगाएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

मंगल सुत्र, मीनीहार, दुबै कानमा पहेलो लुर्कन, बायाँ हातमा दुईवटा र दाहिने हातमा एक औठी लगाएको अवस्थामा लास फेला परेको हो । मृतकका आफन्त फेला नपरेको प्रहरीले जनाएको छ ।

सराङकोटमा हत्या गरेर फालिएकी महिला

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds