लमजुङको पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला, नदीमा हराएका २ जना अझै बेपत्ता

लमजुङको पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला, नदीमा हराएका २ जना अझै बेपत्ता

lamjung pahiro pic

श्यामशितल परियार, लमजुङ । लमजुङको बाढिपहिरोमा परी बेपत्ता भएका ३ जनामध्ये एक जनाको शव फेला परेको छ । बेसीशहर–चामे सडकखण्डको अर्खलेबेसीको पहिरोमा परी गएको बुधबारदेखी बेपत्ता भएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको भोटेओडारस्थित मस्र्याङ्दी नदीमा शव फेला परेको हो ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार तामाङको शव भोटेओडारस्थित मस्र्याङ्दी नदीमा सोमबार दिउँसो २ बजे फेला परेको हो । भेटिएको शवको सनाखत भएसंगै जिल्ला सामुदायिक अस्पतालमा पोष्मार्टम भएको हो । पोष्टमार्टमपश्चात् मंगलबार नै प्रहरीप्रशासनले तामाङको शवलाई आफन्तको जिम्मा लगाएको छ ।

२ जना अझै भेटिएनन्

यस्तै, गएको बुधबार नै मस्र्याङ्दी नदीले बगाएर हराएका २ जना अझै भेटिएका छैनन् । नदीमा बगेर हराएका दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारु भेटिएका छैनन् । उनीहरुरुको खाजी कार्य जारी छ ।

पहिरोले लियो ५ जनाको ज्यान

गएको बुधबार वर्षासंगै आएको पहिरोमा परी ५ जनाको ज्यान गएको छ । मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुुसार पहिरोमा परी मस्र्याङ्दी गाउँपालिका–३, की ६५ वर्षीय अतिरुपा थापा, थापाकी ८ वर्षीया नातिनी शरिषा थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी विष्णुकली गुरुङ, मस्र्याङ्दी गाउँपालिका–३, की ७१ वर्षे ललितमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको ज्यान गएको हो । पहिरोमा परी मृत्युभएकाको परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

लमजुङ: बाढीपहिरोमा परेर ३ जनाको मृत्यु, ४ जना बेपत्ता

लमजुङ : पहिरोमा ज्यान गुमाएकाको परिवारलाई घरमै पुगी राहत रकम प्रदान

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds