‘माेदीसँग १९५० को सन्धि र सीमा विवादबारे छलफल हुन्छ’ -मन्त्री पण्डित

‘माेदीसँग १९५० को सन्धि र सीमा विवादबारे छलफल हुन्छ’ -मन्त्री पण्डित

lalbabu

काठमाडौ‌ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताएका छन् ।

एक साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताए । विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरुपमा हेरिएको उनको भनाई छ ।

मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिकरुपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

फरक प्रसंगमा नेकपा (एमाले)र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको बताउँदै उनले भने ,‘यसलाई सफल पारेरै छाड्नुपर्छ’,‘हामीबीच धेरै कुरा मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ