लोकसेवा बारे प्रस्ट पारे मन्त्री पण्डितले, बेकार हल्लाहरू किन चलिरहेका छन् ?

लोकसेवा बारे प्रस्ट पारे मन्त्री पण्डितले, बेकार हल्लाहरू किन चलिरहेका छन् ?

Lalbabu-Pandit

काठमाडौँ । पछिल्लो केही दिनयता लोकसेवाले लिने नयाँ कर्मचारीको काम रोकिने विषयमा चर्चा भइरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुख खोलेका छन् । उनले आफ्नो धारणा मात्र सार्वजनिक गरेनन् लोकसेवाको तयारी गरिरहेका र गर्ने सोच बनाएकाहरुलाई खुशीको खबर समेत सञ्चार गरेका छन् ।

मन्त्री पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका हुन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको स्पष्ट पारे । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको समेत बताए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।

दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीच समन्वयमा केही खड्किएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds