काँग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

काँग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

kamal pangeni

सरोज अर्याल, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको निधन भएको छ । भीरकोट नगरपालिका ६ खिलुङ्देउराली स्थित आफनै घरमा सुतेका पंगेनीको ५५ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

स्वास्थ्यमा असहज भएको जानकारी गराएपछि उनका परिवारले कालिका सामुदायिक अस्पताल, हेलुमा पु¥याएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको बताईएको छ ।

तीन पटक नेपाली कांग्रेसको जिल्ला सभापति हुन सफल पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ वाट निर्वा्चित भएका थिए । पहिलो संबिधानसभा निर्वाचनमा र प्रदेशसभा १ क बाट भने पराजित भएका थिए ।

विद्यालय तहदेखि नै नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पंगेनी स्याङ्जाका लोकप्रिय राजनीतिज्ञ मानिन्छन् । पंगेनीका पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ