पर्वतमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

पर्वतमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

Parbat

महेन्द्र जिसी, पर्वत । बर्षासँगै झरेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका ८ स्थित लस्ती बेरनेतामा पहिरो खस्दा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो ।

१ तले कच्ची घरले पुरेर उनको मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले गाउँका १६ घर जोखिममा परेका छन् । जोखिममा परेका घर सदस्यलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ ।

जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ