दुर्घटना: दुई मोटरसाइकल ठोक्किएर ट्रकमुनि, हेम्जामा बच्चालाई ट्रकको ठक्कर

दुर्घटना: दुई मोटरसाइकल ठोक्किएर ट्रकमुनि, हेम्जामा बच्चालाई ट्रकको ठक्कर

acc (2)

गण्डक न्युज । पोखरामा ट्राफिक सप्ताह समापनको दिन दुई दुर्घटना भए । सबैभन्दा बढि दुर्घटना अहिले मालेपाटन क्षेत्र र हेम्जामा हुने गरेको छ ।

फराकिलो बाटो, तीब्र गति, लेनको ज्ञान नहुनु । यही कारण पोखरा ५ पस्र्याङको आकर्षक चार लेनको सडकमा अहिले दुर्घटना बढेको छ । सोमबार दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल ट्रक मुनी घुस्यो । रोकिराखेको ट्रक हुनाले ठूलो दुर्घटना टर्यो ।

जिरोबाट मालेपाटनतर्फ जाँदै गरेको ग३प ३४८४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ गईरहेको ग३प २४१ नम्बरको बाइक ठोक्कियो । जिरोबाट हिँडेका चालक सिर्जनाचोक निवासी वर्ष ४० का ज्ञानु गिरी र पछाडि बस्ने, ३५ मेनुका गिरी घाईते भए । हात, घुँडा लगायतका अंगमा चोट लागेको छ ।

यस्तै, ग३प २४१ नम्बरका बाइक चालक जिरोका २० वर्षीय विदुर जिसीको देब्रे कुममा चोट लागेको छ । घाईते सबैको मेट्रो सिटीमा उपचार गरिएको छ । ठक्कर खाएपछि मोटरसाइकल ट्रक मुनि छिरेको थियो ।

यस्तै, सोमबार २५ ग१ख ६०७३ नम्बरको ट्रकले पोखरा २५ हेम्जा निवासी अर्जुन बिकका छोरा सञ्जय बिकलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको छ र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तस्विर: मन गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds