कर्मचारी सञ्चय कोषको ५७ औँ वार्षिकोत्सव पोखरामा पनि मनाइयो

कर्मचारी सञ्चय कोषको ५७ औँ वार्षिकोत्सव पोखरामा पनि मनाइयो

sanchaye (1)

‘सुरक्षित भविष्यका लागि सञ्चय कोषको व्यवस्था गरौ’ भन्ने मुल नाराका साथ कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराले आफ्नो ५७ औँ वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कर्मचारी सञ्चय कोषले सरल र सहज सेवा प्रवाह गरिरहेको भन्दै अझै यसले आफ्नो सेवा सुविधा तथा लगानीका दायराहरु विस्तार गर्दै जानुपर्ने र संचय कर्ताको हितका लागि बिभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेकोले आगामी दिनमा नयाँ लाभकारी योजनाका साथ अघि बढ्न सुझाव दिए ।

सामाजिक सुरक्षाका कार्यक्रमहरु बिभिन्न सस्थाहरु मार्फत बिभिन्न योजना संचालन गर्नु भन्दा सबै सामाजिक सुरक्षा कार्यक्रमहरु एकीकृत गरि एकै सस्था मार्फत सुबिधा वितरण गर्दा सेवाग्राही लाइ सहज सरल र प्रभाकारी हुन् सक्ने हुँदा र त्यस्तो कार्यक्रम कोष मार्फत गर्न उपयुक्त हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा कास्की जिल्लाका आधिकारिक ट्रेड युनियनका अध्यक्ष भरत भुषालले कर्मचारी संचय कोषले कर्मचारीको हित हुने खालका योजना संचालन गरि रहेको छ तथापी आगामी दिनमा कोषका सेवा सुविधालाई थप विस्तार गर्न पर्ने र संचय कर्ता लाइ बढि से बढी सुबिधा दिन पर्ने तर्फ जोड दिनु भयो र जल बिद्युतमा लगानी बढाउन उपयुक्त हुने बताए ।

उद्योग परिसंघ कास्कीका अध्यक्ष बलभद्र नकर्मीले श्रम एंन र श्रम नियमावलीले संचय कोष र उपदानको व्यवस्था गर्ने उल्लेख गरेको भएता पनि उपदान जम्मा गर्नको लागि उपयुक्त निकायको बिषयमा स्पष्टता हुन् सकेको छैन र कर्मचारी संचय कोषलेनै उपदान कोषको रकम जम्मा गर्ने व्यवस्था गरिदिए उपयुक्त हुने हुँदा संचय कोषको ध्यानाकर्षण गराए । साथै, श्रमिकहरुलाई समेत यस्ता बिषयमा जानकारी गराउन कोषले कार्यक्रम गरेको भयता पनि अझै थप प्रभाबकारी बनाउन १र२ दिनकै कार्यक्रम राखेर सुचित गरिदिन आग्रह गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले श्रम एंन र श्रम नियमावलीले सबै श्रमिकको संचय कोष र उपदान जम्मा गर्नको लागि के कसरी गर्ने भन्ने बारेमा रोजगारदाता र श्रमिक दुवै पक्षलाई जानकारी नभएको हुँदा जानकारी गराउने क्रममा संचयको ठुलो सहयोग रहेको र आगामी दिनमा सहयोग भएमा क्रमशः यो ब्यबस्था कार्यन्वयन हुने तर रोजगार दाताको हित र संरक्षण पनि सरकारले गर्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले कर्मचारी संचय कोषले संचय कोष रकम जम्मा गर्दै आएको छ तथापी यसको बजारीकरण व्यापक बनाउन पत्रकार महासंघले हातेमालो गरि सहयोग गर्ने बताए । कोषले प्रबाह गर्ने सापटी तथा सुबिधा प्रदान गर्ने कार्य प्रक्रिया सरल र सहज बनाउन सके थप प्रभाबकारी हुने विश्वास व्यक्त गरे ।

निजामती कर्मचारीका तर्फबाट प्रदेश प्रमुख कार्यालयका सचिब देबी ज्ञवालीले कोषको स्थापनाको ऐतिहासिक पृष्ठभुमि देखि वर्तमान सम्मको अवस्था चित्रण गर्दै कोषले उपलब्ध गरेका सेवा सुबिधा सराहनीय छन् तथापी थप प्रभाबकारी बनाउन सके अझ बढि लाभान्वित हुन् सक्ने तर्फ ध्यानाकर्षण गराए । र कोषको ठुलो धन राशिलाई बढि प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र लगानी को विविधिकरण गर्न उपयुक्त हुने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका शाखा कार्यालय पोखराका कार्यालय प्रमुख दिलिपराज पौडेलले मन्तब्यको क्रममा कोषको गतिबिधि एबम सेवा सुविधाका बारेमा जानकारी प्रस्तुत गरेका थिए । कोषका का.मु.बरिष्ठ शाखा अधिकृत राम प्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम कोषका शाखा अधिकृत राधा कडेलले संचालन गरेकी थिईन् ।

कार्यक्रममा कोषको ५७औँ वार्षिक उत्सवका अवसरमा आयोजित सञ्चय कोषका कर्मचारीहरु विचमा खेलाइएका विभिन्न खेलकुदका प्रथम र द्वितीय स्थान हासिल गर्ने कर्मचारीहरुलाई प्रमुख अतिथिले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

शाखा कार्यालय पोखराले आयोजना गरेको कोषको ५७औँ वार्षिक उत्सव समारोहमा प्रदेश, जिल्ला अंचल र क्षेत्रीय कार्यालय प्रमुख तथा प्रतिनिधि, चारवटै सुरक्षा निकाय, निजि क्षेत्र, सस्थांन, पत्रकार, शैक्षिक सस्था लगायत विभिन्न संघरसंस्थाका तर्फबाट एबम सञ्चयकर्ताहरुको सहभागिता रहेको थियो ।

सञ्चय कोषबारे

शाखा प्रमुख दिलिपराज पौडेलले कर्मचारी सञ्चय कोषको उद्देश्य नेपाल सरकार, संगठित संस्थाका कर्मचारीहरू, अन्य कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरूको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष, स्वास्थ्य विमा कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने रहेको छ र उद्देश्य पूर्तिका लागि सञ्चयकर्ता तथा स्वरोजगारमा संलग्न व्यक्तिहरुको सञ्चयकोष योगदानको व्यवस्थापन गर्ने, विभिन्न प्रकारका योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको कार्यान्वयनबाट संकलित दीर्घकालिन वित्तीय स्रोत एवं अन्य सम्पत्तिलाई आयआर्जनका क्षेत्रमा लगानी गर्ने, कोषले सम्पादन गर्नु पर्ने कामलाई व्यवस्थित रुपले सम्पादन गर्न संस्था वा कम्पनीको स्थापना र सञ्चालन गर्ने, सञ्चयकर्ताको सेवाकालिन आवश्यकता परिपूर्तिकालागि सापटी सुविधाहरुको व्यवस्थापन गर्ने, सञ्चयकर्ताको निमित्त आवास परियोजनाहरुको सञ्चालन तथा व्यवस्थापन गर्ने, कोषको मुनाफाबाट सिर्जना गरिएका जगेडा कोषहरुबाट खर्च व्यहोर्ने गरी सञ्चयकर्तालाई विभिन्न प्रकारका सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने लगायतका सञ्चयकर्ताको हितसंग सम्बन्धित अन्य कार्यहरु गर्नु प्रमुख जिम्मेवारी रहेको कोषले आफ्नो दीर्घकालीन लक्ष्यहरू प्राप्तिका लागि निष्पक्ष र स्वतन्त्र, जवाफदेही र पारदर्शीता, सेवाको गुणस्तरमा निरन्तर सुधार, कार्यदक्षता, प्रभावकारिता, नतिजा उन्मुख, सहकार्य र सहभागिता जस्ता व्यवस्थापकीय मूल्य र मान्यतालाई आत्मसात गर्दै कोषलाई सुदृढ र गतिशिल संस्थाको रूपमा विकास गर्न कार्य क्षेत्र र दायरा विस्तार, वित्तीय स्रोतको दीगो व्यवस्थापन, सञ्चयकर्तामैत्री सेवा प्रवाह, संस्थागत सुदृढीकरण र क्षमता विकास, सूचना तथा प्रविधीको प्रभावकारी उपयोग गर्ने जस्ता विषयलाई रणनीतिक स्तम्भहरूको रूपमा आत्मसात बताए ।

कोषले आफ्ना सञ्चयकर्ताहरूलाई उपलब्ध गराउने सेवा सुविधाहरू स्थानीय स्तरमा नै उपलब्ध गराउँदै जाने नीति अनुरूप वि.स. २०५३ सालमा यस पर्यटकीय नगरी पोखरामा शाखा कार्यालयको स्थापना भएको हो । संघीय नेपालको गण्डकी प्रदेशका मनाङ्ग, गोरखा, कास्की, लमजुङ्ग, तनहूँ, स्याङ्गजा, मुस्ताङ्ग, पर्वत, म्याग्दी र बाग्लुङ्ग गरी १० जिल्लाहरू यस कार्यालयको कार्य क्षेत्र रहेको र कोषकट्टी एवं सापटी कट्टीको फाँटवारी संकलन देखि विशेष सापटी, कोषकट्टी रकममा भुक्तानीका अलवा धितो मूलक सापटीहरू घर निर्माण, घर खरिद, घर मर्मत, शैक्षिक सापटी एवं सामाजिक सुरक्षा सुविधाहरू तर्फ दुर्घटना क्षतिपूर्ति योजना, सञ्चयकर्ता औषधोपचार कार्यक्रम, काजक्रिया अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गतका सुविधाहरू पनि यस शाखाबाट उपलब्ध गराइदै आएको छ । कोषकट्टी, सापटीकट्टी रकमको फाँटबारी प्रबिष्ट केन्द्रिय कार्यालयबाट मात्रै हुदै आएकोमा २०७४ साल चैत्र देखि यस शाखा कार्यालय पोखराबाट समेत सञ्चयकर्ताको कोषकट्टी, सापटीकट्टी रकमको फाँटबारी प्रबिष्ट तथा सोको व्यवस्थापनको कार्य समेत शुरू गरि सकेको हुँदा सञ्चय कोष कट्टी विवरणको दोश्रो प्रति भौचर, फाँटवारी यस शाखा कार्यालय पोखरामा पठाईदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नु भएको थियो र कोष कट्टी गरि पठाउने २५६०० कार्यालयका करिब ६ लाख संचयकर्ता रहेको कोषको सञ्चय कोष – रु २ खर्ब ७८ अर्ब ७५ करोड, जगेडा कोष रु १०अर्ब ११ करोड, अन्य दायित्व तथा व्यवस्था – रु ३ अर्ब ७७ करोड, कूल श्रोत – रु २ खर्ब ९२ अर्ब ६३ करोड र कूल लगानी रु २ खर्ब ८७ अर्ब ७८ करोड रहेको कोषले सञ्चयकर्तालाई सञ्चित रकमा ८.२५ प्रतिशत व्याज, आर्थिक वर्ष २०७३र७४ को खुद मुनाफाबाट सञ्चय कोष शुरू मौज्दातको आधारमा सञ्चयकर्ता बेतन कर्णाली हाइड्रोपावर कम्पनी लि को शेयर लगानी गर्ने प्रयोजनको लागि ०.७५ प्रतिशतले हुने मुनाफा प्रदान गरेको ।

सापटी सुविधाहरुतर्फ कोषकट्टी खातामा जम्मा भएको रकमको ८० प्रतिशत सम्म बिशेष सापटी, घर निर्माण गर्र्न वा घर खरिद गर्न घर जग्गाको धितोमा अधिकतम १५ वर्षको तलब वा बढीमा रु १ करोड सम्म घर सापटी, घर जग्गाको धितोमा सञ्चयकर्ता वा निजको श्रीमान्रश्रीमतीरछोरारछोरीको उच्च शिक्षा अध्ययन गर्न स्वदेशका लागि अधिकतम रु १० लाख र विदेशका लागि अधिकतम रु २० लाखसम्म र एमबीबी एसरएमडी को लागि रु २५ लाख सम्म शैक्षिक ऋण, घर जग्गाको धितोमा १० वर्षको तलवमा न्यूनतम रु ५ लाख र अधिकतम रु ३० लाख सम्म सञ्चयकर्ता सरल चक्रकर्जा, घर मर्मत गर्न घर जग्गाको धितोमा अधिकतम ५ वर्षको तलब वा बढीमा रु २५ लाख घर मर्मत सापटी प्रदान गर्ने ब्यबस्था रहेको  ।

सामाजिक सुरक्षा सुविधाहरुतर्फ दुर्घटना क्षतिपूर्ति योजना अन्तर्गत सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु भएमा वा पूर्ण अंगभंग भएमा रु १ लाख २५ हजार सम्म, काजक्रिया अनुदान योजना अन्तर्गत सेवाकालमा सञ्चयकर्ताको मृत्यु भएमा रु ३० हजार, सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम अनतर्गत साधारण उपचारमा रु २५ हजार र कडा रोगको उपचारमा रु ५० हजार सम्म र सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसुति रु ७ हजार ५ सय का दरले बढीमा दुई पटकसम्म प्रदान गर्ने ब्यबस्था रहेको र आव २०७४/०७५ मा शाखा कार्यालय पोखराले मात्रै सञ्चय कोष विशेष सापटी तथा कोष भुक्तानी तर्फ १२,६३३ जनालाई रु १ अर्ब ७९ करोड ३५ लाख २६ हजार ३७२ रकम प्रवाह गरेको ।
सामाजिक सुरक्षण कार्यक्रम तर्फ काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ती, औषधी उपचार, सुत्केरी तथा शिशुहेरचाह सुविधा वापत १६३० जनालाई रु १ करोड ३६ लाख ७२ हजार ६७३ प्रदान गरेको ।

सञ्चयकर्ता सापटी तर्फ घर सापटी, घर मर्मत सापटी र शैक्षिक सापटी तर्फ २०६ जनालाई जम्मा रु ५२ करोड ८० लाख ६९ हजार ४४० प्रवाह गरेको थियो भने सञ्चयकर्ता सापटी तर्फ रु ३२ करोड ३० लाख ७६ हजार ५०२ असुली भएको ।
निजी क्षेत्र तर्फका सहकारी, कलेज, स्कुल र अन्य संस्थाका ४६ वटा नयाँ कार्यालयसँग कोषकट्टी सम्झौता गरी १८४६ नयाँ सञ्चयकर्ता थप भएका छन् । साथै श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ ले व्यवस्था गरे बमोजिम अनिवार्य सञ्चयकोष रकम जम्मा गर्नको लागी कोष संग सम्झौता गरी १ जनाको मात्रै पनि कोष कट्टी जम्मा गर्न सकिने व्यवस्था भएको हुँदा सो को लागी सम्बद्ध सबै पक्षलाई सम्झौता गरी सुरक्षित भविष्यको लागी सञ्चय कोषको व्यवस्था गर्न गराउनको लागी आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ