मुस्ताङ ठिनीको ऐतिहासिक पर्व फालो

मुस्ताङ ठिनीको ऐतिहासिक पर्व फालो

gp

सुन्दरकुमार थकाली, मुस्ताङ । ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक संम्पदाले भरिएको पर्यटकिय नमूना गाउँ ठिनीमा शनिबार परम्परागत थकाली फालो पर्व देखाईएको छ ।

यसअघि लगातार तीन दिनसम्म नियमित विविध कार्यक्रमगरी मनाईदै आईरहेको यस पर्वलाई छोट्याउदै यसवर्ष ठिनीका स्थानीयले एक दिन मात्र कायम गरेका हुन् । गाउँको गुम्बा नजिकको प्राङ्गणमा देखाईएको फालो पर्व हेर्न जोमसोम आसपासका उल्लेख्य सर्वसाधारणहरुले फालो जात्राको अवलोकन गरे ।वर्षायाम समाप्ती र खेतीपातीको कम सकेर बस्ने समयमा थकाली फालो मनाईन्छ ।पर्वलाई स्थानीयले भाद्र मेला भन्ने पनि गरिन्छ ।


थकाली फालो पर्वको आफ्नै पौराणिक मान्यता रहेको स्थानीय कुलबहादुर थकालीको भनाई छ ।सदियौं पहिले तीब्बतीयन मुलुकका तीनआँखे राजा थर्कोचेनका दाजुभाई चारैदिशातर्फ फैलिने क्रममा राजा थर्कोचेन ठिनी गाउँमा प्रबेश गरेको उनले सुनाए । राजा थर्कोचेन मुस्ताङ भित्रने क्रममा याकमा खाने,बस्ने जस्ता बन्दोबस्तीका सामान लिएर ठिनी प्रबेश गरेको भन्ने भनाई छ । ठिनी आएका राजाको उक्त याक ठिनी गाउँमै थचक्कै रोकियो ।त्यसपछि लामो समय बसेर उक्त याक कुछ्प तेर®ा गुम्बा तर्फ अडियो ।

याकले त्यही बिश्राम लिएकाले त्यहाँ थर्कोचेन राजाका ईतिहाँसहरु भेटिन्छ ।पौराणिक ठिनीका राजाले याक लिएर गाउँ आएकाले यसको सम्झना गर्दे ठिनीका थकाली समूदायले फालो पर्व हर्षउल्लासका साथ मनाउने गरेको स्थानीयको भनाई छ ।ठिनी थकाली बस्ती माथि उनीहरुको कुलदेवता छ ।जहाँ स्थानीय महिलाहरुलाई पुजा गर्न बस्देज गरिएको छ ।फालो पर्व अघि स्थानीयले कुलदेवताको पुजाआजा गर्दे पितृलाई सम्झने चलन छ ।

ठिनी फालो पर्वमा तीनआँखे राजा थर्कोचेनका युद्धकला कौशलताको थकालीहरुले जिवन्त चित्रण गर्ने गर्छन्।फालो प्रर्दशन गर्ने क्रममा व्यग्यात्मक याकनृत्य ,जोगी नृत्य प्रहसन आदी देखाईन्छ । राजा थर्कोचेनको उपस्थितीमा उनका सेनाहरुले धनुषबाण ,खुकुरी र ढाल लिएर गरिने सांस्कृतिक अभिनयले फालो हेर्ने दर्शकलाई भरपूर मनोरञ्जन दिन्थ्यो ।

फालो पर्वमा दर्शकलाई मनोरञ्जन दिलाउने क्रममा विगतमा बिकृतिमूलक अभिनय प्रदर्शन गरिने भएपनि पछिल्लो समय फालोलाई भब्य र सभ्य रुपमा मनाउन थालिएको जनमुक्ति युवाक्लवका अध्यक्ष नरेन्द्र थकाली बताउँछन् ।उनले पछिल्लो प्ुुस्ताका यूवाहरुमा जनचेतनाको तथा शैक्षिक बिकासका कारण फालो पर्व परिमार्जित हुँदै आएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ