ड्रोनबाट मुक्तिनाथ परिसरको दृश्य खिच्दै गरेका भारतियको फुटेज हटाईयो

ड्रोनबाट मुक्तिनाथ परिसरको दृश्य खिच्दै गरेका भारतियको फुटेज हटाईयो

ga

सुन्दरकुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेज हटाईएको छ ।

भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी पहिरनको पहिलो बस्त्र लगाएका भारतिय टोलीका केही सदस्यले शनिबार ड्रोन मार्फत मुक्तिनाथ परिसरको दृष्य खिचेका थिए । टोलीका स्वामी चरणदाश सहितका केही सदस्यहरुले बिना अनुमति दृष्य खिचेको पत्तो पाएपछि तत्काल उनीहरुले प्रयोग गरेका दृष्य सामाग्री प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

उनले कागबेनी देखि माथि एक्यापको संरक्षितक्षेत्र भएको तथा ड्रोन मार्फत दृष्य खिच्न मनाई भएको उल्लेख गरे । खड्काका अनुसार भारतिय पर्यटकले दृष्य खिच्न प्रयोग गरिएका ड्रोन क्यामेराको संम्पूर्ण फुटेस हटाई सम्झाई बुझाई छाडिएको जनाए ।

छिमेकी मुलुकका धार्मिक पर्यटकले अन्जानमा गरेको सानो गल्तिलाई दुख दिन उचित नभएकाले यसो गरिएको डिएसपी खड्काले बताए । उनीहरुलाई मुक्तिधामको दृष्य खिच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मुक्तिनाथले नियन्त्रणमा लिएको थियो ।यता भारतिय टोलीका स्वामी चरणदाशले मुक्तिनाथक्षेत्रमा ड्रोन मार्फत फोटो खिच्न कहिकतै सूचना नटासिएकाले आफुहरुले तस्विर खिचेको बताए । ‘पब्लिक जानकारी हुनुपथ्र्यो भएन । रोकतोक छैन होला भनेर आफुहरुले ड्रोनबाट फोटो खिचेका हौ ।’ दाशले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds